एमाले गाउँ कमिटी सदस्य देउवा माओवादी केन्द्रमा प्रवेश

 

डडेल्धुराः एमाले आलिताल गाउँपलिका कमिटी सदस्य पुरन देउवा नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन्।

बिहीबार देउवासहित गाउँपालिका–२ का वडा कमिटी सहसचि रमेश विक पनि एमाले परित्याग गरी माओवादीमा प्रवेश गरेका हुन्।राष्ट्रियसभा सदस्य महेशकुमार महराले दुवैजनालाई टीका र खादा लगाएर पार्टीमा स्वागत गरे।

पार्टी प्रवेश कार्यक्रममा आलिताल गाउँपालिका अध्यक्षका लागि सिफारिस उम्मेदवार शेरसिंह पार्की, नेता हरिलाल थापा, आलिताल–३ का वडाअध्यक्ष लोकेश महरालगायतका नेताहरू सहभागी थिए।

आलितालमा माओवादीले चुनावी प्रचार–प्रसारलाई तीव्र बनाएको नेता पार्कीले जानकारी दिए।

Leave A Reply

Your email address will not be published.