वडा सदस्यमा उम्मेदवारी दिएकी धामी भन्छिन्,–समस्या समाधान गर्न उपमेयर नै हुनुपर्छ भन्ने छैन

 

डडेल्धुराः डडेल्धुरामा २१ वर्षीय एक युवतीले महिला वडा सदस्यमा उम्मेदवारी दिएकी छिन्।

नेपाली कांग्रसबाट परशुराम नगरपालिका–८ को महिला सदस्यमा लिलाकुमारी धामीले उम्मेदवारी दिएकी हुन्। महिलाहरूका समस्या समाधान गर्नका लागि उपमेयर नै हुनुपर्छ भन्ने आफूलाई नलागेको उनले बताइन्।

वडा सदस्य भएर पनि महिलाहरूका समस्या समाधान गर्न सकिने उनको तर्क छ। उनले राजनीतिक फोहरी खेल हटाउनका लागि पनि आफूले वडा सदस्यमा उम्मेदवारी दिएको धामीले बताइन्।

धामी नेविसंघ त्रिवेणी बहुमुखी क्याम्पसकी उपसभापतिसमेत हुन्।

Leave A Reply

Your email address will not be published.