कर्ण मल्लले त्यागे सुदूरपश्चिम प्रदेशसभा सदस्य पद

डडेल्धुराः सुदूरपश्चिम प्रदेशसभा सदस्य कर्णबहादुर मल्लले प्रदेश सभा सदस्य पद त्यागेका छन्। बिहीबार डडेल्धुरामा पत्रकार सम्मेलनको आयोजना गर्दे मल्लले प्रदेश सभा सदस्यबाट राजीनामा गर्ने घोषणा गरेका हुन्।

‘राणा कालमा तत्कालिन श्री ३ साशकहरूले आफ्नो गौणका हाकीम हटाएझैं नेपाली कांगैसको विधि विधान कुल्चेर मलाई दोस्रोपटक नेपाली कांग्रेसको साधारण सदस्यसमेत नरहने गरि हटाइएको छ,’ उनले भने, ‘मलाई यो पार्टीबाट प्रदेशसभाको निर्वाचित सांसद पदमा रहन नैतिकतले दिँदैन। आजदेखि म प्रदेशसभा सांसद नरहेको सञ्चार माध्यमबाट घोषणा गर्दछु।’

पार्टी सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले एक लौटी रूपमा सातौं जिल्ला अधिवशेन तथा १४औं महाधिवशेन गरेको भन्दै मल्ल लामो समयदेखि रूष्ट थिए।

आसन्न स्थानीय तहको निर्वाचनमा उनले नेपाली कांग्रेस बिपीबाट चुनाव लड्ने भन्दै एमालेसँग गठबन्धन गरेपछि नेपाली कांग्रेसको साधारण सदस्यसमेत नरहने गरी उनलाई पार्टीबाट निष्काशित गरेको थियो। २०७४ को निर्वाचनमा उनी डडेल्धुरा प्रदेशसभा ‘ख’ बाट प्रदेश सदस्यमा निर्वाचित भएका थिए।

Leave A Reply

Your email address will not be published.