एमाले परशुरामलाई धक्का, वडा कमिटी अध्यक्षसहित ४९ जना माओवादीमा प्रवेश

डडेल्धुराः नेकपा एमाले परशुरामलाई ठूलो धक्का लागेको छ।

परशुराम–११ का वडा कमिटी अध्यक्षसहित ४९ जना एकैदिन नेकपा माओवादी केन्द्रमा प्रवेश गरेपछि एमाले परशुरामलाई ठूलो धक्का लागेको हो।

एमाले वडा नम्बर ११ का वडा कमिटी अध्यक्ष दानबहादुर कुँवरसहित ४९ जना शुक्रबार माओवादी केन्द्रमा प्रवेश गरेको हुन्।

उनीहरूलाई माओवादी केन्द्रका सुदूरपश्चिम कमिटी उपाध्यक्ष मानसिंह माल (कान्ति)ले पार्टीमा स्वागत गरेका हुन्। पार्टी प्रवेश कार्यक्रममा माओवादी केन्द्रबाट परशुरामका मेयरका उम्मेदवार शेरसिंह माल डायमण्डलगायतका माओवादी नेता कार्यकर्ता सहभागी थिए।

माओवादी केन्द्रले परशुराममा चुनावी अभियानलाई तीव्रता दिएको छ। माओवादीबाट परशुरामको प्रमुखमा ‘डायमण्ड र उपप्रमुखमा विमला महता चुनावी मैदानमा छन्।

Leave A Reply

Your email address will not be published.