डडेल्धुरामा मदिरा बिक्रीवितरणमा पूर्णरूपमा रोक (सूचनासहित)

डडेल्धुराः डडेल्धुरामा मदिरा बिक्रीवितरणमा पूर्णरूपमा रोक लगाइएको छ। जिल्ला प्रशासन कार्यालय, डडेल्धुराले जिल्लाभर मदिराको बिक्रीवितरण, ओसार–पसार तथा सेवनामा पूर्णरूपमा रोक लगाइएको हो।

आइतबार प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीको अध्यक्षतामा बसेको बैठकले स्थानीय तह निर्वाचनलाई लक्षित गरेर मदिरा बिक्रीवितरणमा पूर्णरूपमा रोक लगाउने निर्णय गरेको प्रशासनले जनाएको छ।

प्रशासनले आइतबार एक सूचना जारी गर्दै बैशाख ३० गते हुन गइरहेको स्थानीय तह निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, भयरहीत र विश्वसनीय वातावरणमा सम्पन्न गर्नका लागि सोमबारदेखि निर्वाचन परिमाण घोषणा नहुन्जेलसम्म मदिरा बिक्रीवितरण र सेवनमा पूर्णरूपमा रोक लगाइएको प्रजिअ जोशीले बताए।

यदि कसैले सोको विपरीत काम कारबाही गरेको पाइएमा प्रचलित कानुन बमोजिम कारबाही हुने पनि प्रशासनले जनाएको छ। डडेल्धुरामा ७ स्थानीय र ५२ वटा वडा छन्।

जिल्लामा कुल ९० हजार १ सय १९ जना मतदाता रहेका छन्। जसमध्ये ४४ हजार ६ सय ६४ जना पुरुष र ४५ हजार ४ सय ५५ जना महिला छन्। जिल्लामा ८० मतदान स्थल र १ सय २६ वटा मतदान केन्द्र तोकिएको छ।

निर्वाचन गराउनका लागि ९ सय ९९ जना कर्मचारी खटाइएको छ। जसमध्ये ६ सय २१ जना कर्मचारी र ३ सय ७८ जना स्वयंसेवक कर्मचारी छन्।

प्रशासनले जारीको सूचना :

Leave A Reply

Your email address will not be published.