परशुराम नगरपालिका–१ मा माओवादी केन्द्रको प्यानल नै विजयी

डडेल्धुराः डडेल्धुराको परशुराम नगरपालिका–१ मा माओवादी केन्द्रका लालबहादुर धामी (अपिल) विजयी भएका छन्।

वडाध्यक्षमा निर्वाचित धामीले ५०७ प्राप्त गरे। उनका प्रतिद्वन्दी एमालेका केशवराज अवस्थीले ४ सय ४० मत ल्याउँदा कांग्रेसका कृष्ण विष्टले ३ सय १२ मत ल्याए।

परशुराम–१ मा धामी प्यानसहित विजयी भएका हुन्। वडा सदस्यमा दुरा खातीले ५०४, दलित महिला सदस्य राधिका विकले ५०१ तथा दुई खुला सदस्य गौरीलाल कामी र मान बिष्टले क्रमशः ५०८ र ५१० मत ल्याएका छन्।

वडा नम्बर १ बाट नगरपालिकाको मेयरमा माओवादीका शेरसिंह माल ‘डायमण्ड’ ले ५ सय २८ मत पाउँदै उपमेयरमा पनि समान ५२८ मत नै खसेको छ।

यस्तै, कांग्रेसबाट मेयरका उम्मेदवार भरत बडायर जोशीले ४ सय ५२ मत ल्याउँदा कांग्रेसकै उप मेयर उम्मेदवारले ३७६ मत पाएका छन्।

एमालेबाट मेयरका प्रतिस्पर्धी केशव बोहराले २ सय ६७ मत पाउँदा उपमेयरमा ३ सय ३२ मत खसेको छ।

Leave A Reply

Your email address will not be published.