डडेल्धुराः सरकारले डडेल्धुरामा मेडिकल कलेज सञ्चालनमा ल्याउने भएको छ।
राष्ट्रपति विद्या भण्डारीले मंगलबार प्रस्तुत गरेको सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा सुदूरपश्चिम विश्वविद्यालयको सहकार्यमा डडेल्धुरामा मेडिकल कलेज संचालन गर्ने उल्लेख गरिएको हो।
डडेल्धुरा प्रधानमन्त्री शेरबहादुर देउवाको गृहजिल्लासमेत हो। त्यसैगरी सबै प्रदेशमा कम्तिमा दुई(दुई वटा मेडिकल कलेज स्थापना गर्ने पनि नीति तथा कार्यक्रममा समावेश गरिएको छ।
राष्ट्रपति भण्डारीले भनिन्, ‘प्रत्येक प्रदेशमा कम्तिमा २ मेडिकल कलेज प्रतिष्ठान स्थापना र संचालन गर्ने नीति लिइनेछ। सुदूरपश्चिम विश्वविद्यालयको सहकार्यमा डडेल्धुरामा मेडिकल कलेज संचालनमा ल्याइनेछ। चिकित्सा शिक्षा अध्ययन गराउने शिक्षण संस्थाको क्षमताका आधारमा विद्यार्थी संख्या वृद्धि गरिनेछ।’