डडेल्धुरामा साढे ३ हजारको अखाद्य वस्तु बरामद गरी नष्ट

डडेल्धुराः जिल्ला प्रशासन कार्यालय डडेल्धुराले संयुक्त बजार अनुगमन गरेको छ। प्रशासनले जिल्ला सदरमुकामको तुफानडाँडा क्षेत्रमा बिहीबार बजार अनुगमन गरेको हो।

जिल्ला प्रशासन कार्यालय डडेल्धुराका प्रशासकीय अधिकृत हेमप्रसाद ढकालको नेतृत्वमा खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय, घरेलु तथा साना उद्योग कार्यालय, आन्तरिक राजस्व कार्यालय, उद्योग वाणिज्य संघ तथा नेपाल पत्रकार महासंघका प्रतिनिधिको संयुक्त टोलीले तुफानडाँडा क्षेत्रमा अनुगमन गरेको हो।

८ वटा व्यवसायिक फर्मको अनुगमन तथा १५ वटा खाद्य वस्तुको नमुना संकलन गरिएको प्रशासनका सूचना अधिकारीसमेत रहेका ढकालले जानकारी दिए।

उनका अनुसार संयुक्त बजार अनुगमन टोलीले ३ हजार ६ सय ३५ रूयैयाँ बराबरको अखाद्य बस्तु बरामद गरी नष्ट गरेको छ। त्यसमा खाद्य मिति सकिएका मसला, चिउरा, चिया, वियरलगायतका खाद्य बस्तु रहेको उनले बताए।

Leave A Reply

Your email address will not be published.