डडेल्धुराः डडेल्धुराको आलिताल गाउँपालिका–७ कोइरालेका रमेश साउँदका १२ वर्षीय छोरा लोकेन्द्र आर्थिक अभावले समस्यामा परेका छन्।
एकवर्ष अगाडि सवार सवारी दुर्घटनामा परी लोकेन्द्रको खुट्टा र अण्डकोषमा गम्भीर चोट लागेको थियो। दुर्घटनामा परेर गम्भीर घाइते भएका साउँदको खुट्टामा रड राखेर अप्रेसन गरिएको थियो।
धनगढीको माया मेट्रो अस्पतालमा एकपटक उपचार गराइसकेका उनीलाई ३ महिनापछि पुनः चेकजाँचका लागि आउन अस्पतालले भनेको थियो। तर, उनका परिवारको आर्थिक अवस्था निकै नाजुक भएका कारण समयमै उपचार पाउन सकेनन्। जस कारण उनी अहिले थप समस्यामा परेका छन्।
अहिले उनको धनगढीकै नवजिवन अस्पताल प्रालिमा उपचार भइरहेको छ। एक वर्ष पहिले खुट्टामा रड राखेर उपचार भएका उनको अहिले तेही रड निकल्न अप्रेसन गर्नुपर्ने भएको छ।
साथै, अण्डकोषमा गम्भीर चोटका कारण उनको स्वास्थ्यमा थप समस्या आएको बताइएको छ। उनको अप्रेसनमा ४० देखि ५० हजारसम्म खर्च आउने अस्पतालले जनाएको छ।
‘घरको आर्थिक अवस्था निकै कमजोर छ। यदि मैले तपाईंहरूको सहयोग पाएन भने मेरो उपचार नै नहुने अवस्था छ। उपचारका लागि पैसा नहुँदा समस्या भयो,’ लोकेन्द्रले भने, ‘१२ वर्षकै उमेरमा भोग्दै गरेको यो पीडाबाट म मुक्त हुन चाहान्छु। तपार्इंहरू मनकारी व्यक्तिले सहयोग गरे मैले फेरी नयाँ जीवन पाउने आसा गरेको छु।’
लोकेन्द्रका बुवा रमेशले पनि छोराको उपचारका लागि आर्थिक सहयोगको अपिल गरेका छन्। उनका अनुसार कसैले आफ्नो छोराको लागि आर्थिक सहयोग गर्न चाहेमा उनको मोबाइल नम्बर ९८६०६२९६६४ मा फोन गरेर थप बुझ्न सक्नेछन्।
यसका साथै शिक्षक तथा समाजसेवी इन्द्रबहादुर साउँदको मोबाइल नम्बर ९८४०६१४३७२ मा फोन गरेर पनि आर्थिक सहयोग गर्न सकिनेछ।