डडेल्धुराः गन्यापधुरा गाउँपालिका–२ बडालमा म्याद नाघेको सोडा नियन्त्रणमा लिई नष्ट गरिएको छ।
सोमबार बडालमा से १ च १८२१ नम्बरको जिपमा म्याद नाघेको सोडा अवैध रूपमा विक्री गरिराखेको अवस्थामा प्रहरी चौकी बडालले नियन्त्रणमा लिएको हो।
प्रहरीले ५ क्विन्टल ७३ किलो सोडा नियन्त्रण लिई नवनिर्वाचित वडा नं. २ का अध्यक्ष मनोजबहादुर देउवको रोहोबरमा नष्ट गरिएको जनाइएको छ।