डडेल्धुरामा पदम मेमोरियल कप जारी, आइतबार चार खेल सम्पन्न

  • हरिश चन्द

डडेल्धुराः डडेल्धुरामा पदम मेमोरियल कप जारी छ । पदम भण्डारीको स्मृतिमा डडेल्धुराको किङ्स युथ क्लबद्वारा आयोजित पदम मेमोरियल कप जिल्ला स्तरीय खुल्ला टी–२० पुरुष क्रिकेट प्रतियोगिताअन्तर्गत आइतबार चारवटा खेल सम्पन्न भएका छन्।

दोस्रो दिनको पहिलो खेलमा बैकक क्लव डडेल्धुरा र डडेल्धुरा वारियर क्लबबीच खेलाइएको खेलमा बैङकले डडेल्धुरा वारियरलाई पराजित गरेको छ। टस जितेर ब्याटिङ रोजेको बैङकले १५ ओभरको खेलमा डडेल्धुरा वारियरलाई १३४ रनको लक्ष्य दिएको थियो।

जवाफीमा उत्रेको डडेल्धुरा वारियर १२७ रनमा समेटियो। बैङक तर्फबाट सुुरेश तीन छक्का र दई चौकाको मद्दतले ३५, लक्ष्मी जोशीले २९, राजसिंह पुजाराले १३ रनको सहयोगमा बैङकले ६ रनले जित हात पारेको हो।

डडेल्धुरा वारियर क्लवका रमित पन्तले तीन विकेट हात पारेका थिए। जवाफी ब्याटिङमा उत्रेको डडेल्धुरा वारियरका लागि पुष्कर पालले ३६, शम्भु रोश्याराले १३, विनाद शाहुले ११, मदन रोस्याराले ११ रन बनाउँदा अन्य ब्याटस्म्यान नचल्दा हार ब्यहोरेको हो।

तेसो दिनको दास्रो खेलमा परशुराम ममोरिय क्लब र मार्केटिङबची खेल भएको थियो। टस जितेर फिल्डिङ रोजेको पर्शुराम ममोरिय क्लवले मार्केटिङलाई ५२ रनमै अलआउट गयो। मार्केटीका लागि एटि चन्दले २२ रनबाहेक अन्य ब्याटरले दोहरो अंक दनाउन सकेनन्।

तेस्रो खेलमा वेष्ट ब्रदर र बिपिएमबीचच खेलाइएको थियो। टस जितेर फिल्डिङ रोजेको विपिएले १५ ओभरको खेलमा बेष्ट द्रदरले बिपिएमलाई २०० रनको विसाल लक्ष्य दिएको थियो।

बेष्ट ब्रदरका लागि धिरज जैरुले ५५, रोहित रोक्काले ३८, निर्मल रोक्काले १८, सरोज तमाङ्गीले १५ रनको योगना दिए।

जवाफी ब्याटिङमा उत्रिएको बिपिएम ८० रनमा सीमित भयो। बेष्ट ब्रदरका लागि प्रविन अवस्थीले किफायति बलिङ गरे। उनले २ ओभर गर्दै ७ रन खर्चेर ३ विकेट हात पारे।

यस्तै रभि भट्टले पनि ३ र निर्मल रोक्काले १ विकेट लिए। रोकाले ३ ओभरमा मात्र ४ रन खर्चिए। चौथो खेलमा किङयुथ क्लब र भीमदत्त बहुमुखी क्याम्पसबीच भएको थियो।

जसमा किङयुथ क्लब विजयी भएको छ। टस जितेर ब्याटिङ रोजेको किङ युथ क्लबले १५ ओभरमा ६ विकेटको क्षतिमा भीमदत्तलाई १३८ रनको लक्ष्य दिएको थियो।

किङयुथ क्लबका खेलाडी सन्तोश भट्टले ५६, हरिश चन्दले ३४, सुनिल तामाङले २१ रन बनाए। १३८ रनको लक्ष्य पछ्याएको भीमदत्त ११० रन मात्र बनाउन सक्यो। भीमदत्तका लागि शुरेश बोहराले नटआउट ४८ र विनोद भट्टले ११ रनबाहेक अन्य खेलाडीले दोहरो अंकसमेत रन बटुल्न सकेनन्।

Leave A Reply

Your email address will not be published.