प्रदेश सरकारबाट डडेल्धुराका कुन पालिकालाई कति बजेट? [सूचीसहित]

डडेल्धुरा:

डडेल्धुराका सात स्थानीय तहमध्ये सुदूरपश्चिम प्रदेश सरकारबाट सबैभन्दा बढी नवदुर्गा गाउँपालिकाले अनुदान प्राप्त गर्ने भएको छ। आगामी आर्थिक वर्षका लागि अन्तर सरकारी हस्तान्तरणबाट नवदुर्गाले १ करोड ५४ लाख २४ हजार अनुदान पाउने भएको हो।

यस्तै, भागेश्वर गाउँपालिका १ करोड ४० लाख ६७ हजार, परशुराम नगरपालिकाले १ करोड ४० लाख २२ हजार र आलिताल गाउँपालिका १ करोड ३८ लाख ३५ हजार पाउने भएको छ।

यसैगरी अजयमेरु गाउँपालिकाले १ करोड ८ लाख ५३ हजार, अमरगढी नगरपालिकाले ९८ लाख ६८ हजार र सबैभन्दा कम गन्यापधुरा गाउँपालिकाले ८० लाख ९५ हजार अनुदान पाउने भएको छ। अमरगढी र गन्यापधुरामा समपुरक अनुदान शून्य रहेको छ।

डडेल्धुराका ७ स्थानीय तहमा आएको अनुदानको विवरण [रू. हजारमा]

Leave A Reply

Your email address will not be published.