डडेल्धुरामा ट्रयाक्टर सडकबाट २ सय मिटर तल खसेपछि…

डडेल्धुराः डडेल्धुराको अमरगढी नगरपालिका–२ स्थित कारीगाउँमा गएराति ट्रयाक्टर सडकबाट करिब २०० मिटर तल खसेको छ।

जिल्ला सदरमुकाम बागबजारबाट बगरकोटतर्फ जाँदै गरेको सुदूरपश्चिम प्रदेश ०१००२ त ५४४८ नम्बरको ट्रयाक्टर गएराति करिब साढे ११ बजे सडकबाट खसेको थियो।

दुर्घटनास्थल वरीपरि खोजी गर्दा टयाक्टरको अगाडिको भाग पूर्णरूपमा क्षति भएको अवस्थामा फेला परेको डडेल्धुरा प्रहरीले जनाएको छ। चालक फेला नपरेको र उनी फरार रहेको आशंकामा खोजी कार्य जारी छ।

Leave A Reply

Your email address will not be published.