डडेल्धुरा अस्पतालले माग्यो हेल्थ असिस्टेन्ट

डडेल्धुरा: डडेल्धुरा अस्पतालले तीन जना सहायक पाँचौं तहको हेल्थ असिस्टेन्ट माग गरेको छ। बिहीबार अस्पतालले एक सूचना जानकारी गर्दै करार सेवामा तीन जना हेल्थ असिस्टेन्ट माग गरेको हो।

अस्पताल विकास समितिको स्वीकृत दरबन्दीमा रिक्त रहेको जनशक्ति वार्षिक कार्यक्रम र अस्पताल विकास समितिको निर्णय अनुसार सेवा सुदृढिकरण गर्न तीन जना हेल्थ असिस्टेन्ट माग गरिएको निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. चेतराज भट्टले जानकारी दिए।

सूचना प्रकाशित भएकोल १५ दिनभित्र योग्यता पुगेका इच्छुक नेपाली नागरिकले आवेदन दिइसक्नुपर्ने अस्पतालले जनाएको छ।

अस्पतालले जारी गरेको सूचना :

Leave A Reply

Your email address will not be published.