डडेल्धुराको आलिताललाई ‘पूर्ण खोप पालिका’ घोषणा

डडेल्धुरा: डडेल्धुराको आलिताल गाउँपालिकालाई ‘पूर्ण खोप पालिका’ घोषणा गरिएको छ। शुक्रबार एक कार्यक्रमकाबीच पालिकालाई पूर्ण खोप पालिका घोषणा गरिएको हो।

चालू आर्थिक वर्षमा पालिकाका तीन सय एक बालबालिकाले सबै प्रकारका पूर्ण खोप पाइसकेपछि गाउँपालिकालाई पूर्ण खोप पालिका घोषणा गरिएका स्वास्थ्य शाखा प्रमुख धनबहादुर क्षेत्रीलले जानकारी दिए।

उनले खोप कार्य निरन्तर चलिरहने र खोप उमेर समूहका सबै बालबालिकाले अनिवार्य खोप पाउनुपर्ने नेपाल सरकारको लक्ष्यअनुसार पालिकाका सबै वडालाई पूर्णखोप सुनिश्चितता घोषणा प्रमाणीकरण गर्ने कार्यसमेत गरिसकेपछि पालिकालाई पूर्ण खोप घोषणा गरिएको बताए।

गाउँपालिका अध्यक्ष शेरसिं पार्कीले गाउँपालिकाका ८ वटै वडाबाट सबै बालबालिकाले खोप पाएको प्रमाणीकरण भई आवश्यक अनुगमनसमेत गरेपछि गाउँपालिकालाई पूर्ण खोप सुनिश्चितता घोषणा गरिएको बताए। कार्यक्रममा गाउँपालिका उपाध्यक्ष मैनाकुमारी रावल, अन्य जनप्रतिनिधिहरूलगायतको उपस्थिति रहेको थियो।

Leave A Reply

Your email address will not be published.