डडेल्धुराः डडेल्धुराको आलिताल गाउँपालिकाले ४६ करोड ६४ लाख १८ हजारको बजेट ल्याएको छ। शुक्रबार आगामी आर्थिक वर्ष २०७९/८० का लागि सो बजेट गाउँपालिका उपाध्यक्ष मैनाकुमारी रावल बोहराले प्रस्तुत गरेकी हुन्।
गाउँपालिकाले स्वास्थ्य, कृषि, पूर्वाधार, शिक्षालगायतका क्षेत्रलाई प्राथमिकता दिँदै बजेट ल्याएको छ। गाउँपालिकाको १२औँ गाउँसभा तथा बजेट अधिवेशनमा गाउँपालिका अध्यक्ष शेरसिंह पार्कीले शुक्रबार नै नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए।
गाउँपालिकाले ८ वटै वडालाई चालू (प्रशासनिक खर्च) समान ६–६ लाख दिएको छ। गाउँपालिकाले योजना तथा कार्यक्रमका लागि भने पूँजीगत बजेटमा तलमाथि गरेको छ।
गाउँपालिकाले वडा नं. १ लाई पूँजीगततर्फ ४६ लाख ९० हजार, वडा नं. २ लाई ४७ लाख ३० हजार, वडा नं. ३ लाई ४७ लाख ५० हजार, वडा नं. ४ मा लाई पूँजीगततर्फ ४५ लाख ८४ हजार विनियोजन गरेको छ।
यस्तै, गाउँपालिकाले वडा नं. ५ लाई पूँजीगततर्फ ४५ लाख ५० हजार, वडा न. ६ लाई ४६ लाख ५० हजार, वडा नं. ७ लाई ४६ लाख ७० हजार र वडा नं. ८ लाई पूँजीगततर्फ ४७ लाख ५० हजार दिएको छ।