अजयमेरु गाउँपालिकाले ल्यायो ४७ करोड ५८ लाखको बजेट

डडेल्धुराः डडेल्धुराको अजयमेरु गाउँपालिकाले ४७ करोड ५८ लाख १३ हजार बजेट ल्याएको छ। शुक्रबार गाउँपालिका उपाध्यक्ष बसन्ती पालले आगामी आर्थिक वर्ष २०७९/८० का लागि उक्त बजेट ११औँ गाउँसभामा प्रस्तुत गरेकी हुन्।

जसमध्ये चालुतर्फ ९ करोड ५७ लाख ६० हजार, पूँजीगततर्फ १४ करोड १४ लाख ५३ हजार र शसर्ततर्फ २३ करोड ८६ लाख बजेट विनियोजन गरिएको छ।

गाउँपालिकाको नीति तथा कार्यक्रम अध्यक्ष उमेशप्रसाद भट्टले प्रस्तुत गरेका थिए। गाउँपालिकाले पूर्वाधार, शिक्षा, स्वास्थ्य, कृषिलगायतका क्षेत्रलाई प्राथमिकता दिँदै बजेट ल्याएको गाउँपालिका अध्यक्ष भट्टले जानकारी दिए।

Leave A Reply

Your email address will not be published.