डडेल्धुरा: डडेल्धुराको नवदुर्गा गाउँपालिकाले ४३ करोड ४६ लाख ६ हजारको बजेट ल्याएको छ।
शुक्रबार गाउँपालिका उपाध्यक्ष निर्मला विष्टले आगामी आर्थिक वर्ष २०७९/८० का लागि उक्त बजेट गाउँसभामा प्रस्तुत गरेकी हुन्।
पालिकाले चालुतर्फ ३१ करोड ५२ लाख ४७ हजार ५ सय र पूजीगततर्फ ११ करोड ९३ लाख ५९ हजारको बजेट प्रस्तुत गरेको छ। पालिकाले दोस्रो गाउँसभाको पहिलो बैठकमार्फत् उक्त बजेट प्रस्तुत गरेको हो।
शुक्रबार नै पालिकाको नीति तथा कार्यक्रम गाउँपालिका अध्यक्ष लक्ष्मीप्रसाद अवस्थीले प्रस्तुत गरेका थिए। अध्यक्ष अवस्थीका अनुसार गाउँपालिकाले पूर्वाधार, शिक्षा, स्वास्थ्य, कृषिलगायतका क्षेत्रलाई प्राथमिकता दिँदै बजेट ल्याएको हो।