कञ्चनपुरकी २४ वर्षीया गौमतीले जन्माइन् तिम्ल्याहा बच्चा

कञ्चनपुरः जिल्लाको कृष्णपुर नगरपालिका–२ बाणिकी गौमती कुँवरले तिम्ल्याहा बच्चा जन्माएकी छन्।

माया मेट्रो अस्पताल धनगढीमा २४ वर्षीया कुँवरले बिहीबार राति ११ बजे दुई छोरा र एक छोरीलाई जन्म दिएकी हुन्। अस्पतालका अनुसार आमा र बच्चा स्वस्थ छन्। गर्भवती भएको सात महिनामै गौमतीले शल्यक्रियामार्फत् तिम्ल्याहा बच्चालाई जन्म दिएकी हुन्।

जन्मेका शिशुहरूको तौल १.६, १.६ र १.५ किलो रहेको छ। तिम्ल्याहा बच्चालाई जन्म दिने गौमतीलाई र उनका श्रीमान् गणेशबहादुर कुँवरलाई बधाई दिनेको लर्को लागेको छ।

सामाजिक सञ्जाल फेसबुकमा पोष्ट गरिएको तस्वीरमा तिम्ल्याहा बच्चालाई काखमा समातेका गणेश निकै खुसी देखिएका छन्। प्रसूति व्यथाले च्यापेपछि गौमतीलाई परिवारजनले हिजो साँझ अस्पताल लगेका थिए।

Leave A Reply

Your email address will not be published.