महेन्द्र मावि डडेल्धुरामा अध्ययनरत बालकको मृत्यु

डडेल्धुराः जिल्ला सरदुमकामको अमरगढी नगरपालिका–५ खलंगास्थित महेन्द्र माध्यमिक विद्यालयमा अध्ययनरत एक बालकको मृत्यु भएको छ।

जिल्लाको भागेश्वर गाउँपालिका–५ घर भई हाल सदरमुकाममा बस्दै आएका ४ वर्षीय हिमाल भाटको निधन भएको हो। मृटुमा समस्या रहेका उनको उपचारको क्रममा सोमबार डडेल्धुरा अस्पतालमा मृत्यु भएको पारिवारिक स्रोतले जनाएको छ।

कक्षा १ मा अध्ययनरत भाटको निधन भएपछि महेन्द्र माविले मंगलबार शोक विदा दिएको छ।

Leave A Reply

Your email address will not be published.