सेती नदीमा बगेका डडेल्धुराका युवक अझै फेला परेनन्

डोटी: सेती नदीमा नुहाउने क्रममा बेपत्ता भएका डडेल्धुराका युवक अझै फेला परेका छैनन्। डडेलधुराबाट मलामी गएका अमरगढी नगरपालिका–६ छचोडाका२७ वर्षीय वीरेन्द्र ताम्राकार सेती नदीमा बेपत्ता भएका थिए।

बुधबार डोटीको शिखर नगरपालिका–१० गहनानमा सेती नदीमा नुहाउने क्रममा बेपत्ता भएका उनको खोजी कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी नायब उपरीक्षक तथा सूचना अधिकारी भोला भट्टले बताए।

वर्षातका कारण नदीमा पानीको बहाव बढेको र पानी धमिलो भएका कारण खोजी कार्यमा समस्या भएको उनले बताए। सेती नदीमा आफन्तको शव जलाउन आएका बेला उनीसँगै अर्का विनोद ताम्राकार पनि नदीमा बगेका थिए। तर, उनी करिब २ सय मिटर तल बानीडुग्रीसैन नजिक घाइते अवस्थामा फेला परेका थिए।

Leave A Reply

Your email address will not be published.