सेती नदीमा बेपत्ता डडेल्धुराका युवकको खोजी कार्य तीव्र

डोटी: डोटीस्थित सेती नदीमा नुहाउने क्रममा बेपत्ता भएका डडेल्धुराको अमरगढी नगरपालिका–६ छचोडाका २७ वर्षीय वीरेन्द्र ताम्राकारको खोजी कार्य तीव्र पारिएको छ।

मलामी गएका ताम्राकार डोटीको शिखर नगरपालिका–१० गहनान क्षेत्रबाट बुधबार बेपत्ता भएका थिए। बेपत्ता ताम्राकार हालसम्म नभेटिएको र उनको खोजी कार्यलाई तीव्रता दिएको डोटीका प्रमुख जिल्ला अधिकारी कल्पना श्रेष्ठले जानकारी दिइन्।

वर्षातको कारण पानी धमिलो हुँदा भेटाउन गाह्रो भइरहेको उनले बताइन्। शुक्रबार पनि सेती नदी र आसपासका क्षेत्रमा सयौँको संख्या नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरीले ढुङ्गाको प्रयोगसहित खोजीकार्य जारी राखेको समेत प्रजिअ श्रेष्ठले बताइन्।

सेती नदीमा आफन्तको शव जलाउन गएका बेला उनीसँगै अर्का विनोद ताम्राकार पनि नदीमा बगेका थिए। तर, उनी करिब २ सय मिटर तल बानीडुग्रीसैन नजिक फेला परेका थिए।

Leave A Reply

Your email address will not be published.