बाजुरा: बाजुराको बुढीगंगा नगरपालिकाको मेयर र उपमेयर दुवै पदमा नेकपा एमालेका उम्मेदवार विजयी भएका छन्। नगर प्रमुखमा रामबहादुर बानियाँ र नगर उपप्रमुखमा माया कुमारी खड्का (कुवँर) विजयी भएका हुन्।
बानियाँले ४ हजार ७७७ मत ल्याएर विजयी भएका छन्। उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका रंगबहादुर खातीले ३ हजार ७७४ मत ल्याए। त्यस्तै, उपप्रमुखमा कुवँरले ४ हजार ७२७ मत ल्याएकी छन्।
उनकी प्रतिस्पर्धी काँग्रेसकी रिता शाहीले ३ हजार ७५५ मत ल्याइन्। मेयरमा १ हजार ४ र उपमेयरमा ९७२ मतको फरक छ। १३ हजार ६५९ मतदाता रहेको बुढीगंगामा ९ हजार १२८ मत खसेको थियो।
१० वडा रहेको बुढीगंगाका १, २, ३, ५, ६, ९ र १० मा नेकपा एमालेका उम्मेदवार विजयी भएका छन्। यस्तै, वडा नम्बर ४, ७ र ८ मा नेपाली कांग्रेस विजयी भएको छ। २०७४ मा ६ वडा जितेको एमालेले यो पटक भने ७ वटा जितेको छ। ३० वैशाखमा भएको मतदानमा धाँधली भएको भन्दै निर्वाचन आयोगले रद्द गरेर २३ असारमा पुनः मतदान गराएको थियो।