बैतडीमा कुटपिटबाट एकजनाको मृत्यु

बैतडी: बैतडीमा कुटपिटबाट एकजनाको मृत्यु भएको छ।

कुटपिटबाट जिल्लाको पुर्चाैडी नगरपालिका–३ ढुङ्गाबिसौनाका ४५ वर्षीय गोविन्द पार्कीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी निरीक्षक एवं प्रहरी प्रवक्ता लोकराज जोशीले जानकारी दिए।

वडा नं ३ ढुङ्गाबिसौनाकै ४६ वर्षीय पुरनबहादुर बोहराको कुटाइबाट पार्कीको मृत्यु भएको बताइएको छ। २५ गते राति बोहराले कुटपिट गरी गम्भीर घाइते बनेका पार्कीको सोमबार गोकुलेश्वर अस्पतालमा उपचारको क्रममा मुत्य भएको प्रहरीले बताएको छ।

कुटपिट गर्ने बोहरालाई प्रहरीले नियन्त्रणमा लिएको छ। घट्नाको कारण खुल्न नसकेको र थप अनुसन्धान भइरहेको प्रहरी प्रवक्ता जोशीले बताए।

Leave A Reply

Your email address will not be published.