डडेल्धुराका डीएसपी पाल एक नम्बरमा पर्दै एसपीमा बढुवा सिफारिस

डडेल्धुरा: जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी नायब उपरीक्षक (डीएसपी) देवेन्द्रबहादुर पाल प्रहरी उपरीक्षक (एसपी) मा बढुवा सिफारिस भएका छन् ।

बुधबार बसेको बढुवा सिफारिस समितिको बैठकले उनसहित ३६ डीएसपीलाई एसपीमा बढुवा गर्न सिफारिस गरेको हो। सिफारिसअनुसार पाल एक नम्बरमा बढुवा सिफारिस भएका छन्।

सीताराम रिजाल, भिमकिरण बोगटी, सुमरकिरण तिम्सिना, सरोज पौडेल, विष्णुहरि कोइराला, भाग्येन्द्र पुरुष ढकाल, नरहरि रेग्मी, रञ्जितसिंह राठौर, नत्रमणि गिरी, अवधेश विष्ट क्षेत्री पनि बढुवा सिफारिसमा परेका छन्।

त्यस्तै, हेरम्ब शर्मा, विनोद शर्मा, मित्रबन्धु शर्मा, रामकुमार केसी, नरेन्द्रकुमार कार्की, खड्गबहादुर खत्री, सञ्जयबहादुर राउत, विश्वराज खड्का, बालनरसिंह राणा, टेकुनन्द इवा लिम्बु लगायत पनि बढुवाका लागि सिफारिस भएका छन्।

त्यस्तै, कोमल शाह, नरेशराज सुवेदी, भरतबहादुर विक, सुधिरराज शाही, विपिन रेग्मी, नवरत्न पौडेल, योगेन्द्रकुमार खड्का, काजीकुमार आचार्य, अनुपम श्रेष्ठ, दुर्गाराज रेग्मी, गजुसिद्ध बज्राचार्य, माधवप्रसाद बुढाथोकी, गौतम मिश्र, नविनकिशोर प्रधान र मोहनकुमार थापालाई एसपीमा बढुवा गर्न सिफारिस गरिएको छ।

Leave A Reply

Your email address will not be published.