आलितालमा झुण्डिएको अवस्थामा एक महिलाको शव फेला

डडेल्धुरा: डडेल्धुराको आलिताल गाउँपालिकामा झुण्डिएको अवस्थामा एक महिलाको शव फेला परेको छ।

आलिताल–४ कोइलानीका प्रेमबहादुर बोहराकी श्रीमती अन्दाजी २३ वर्षीया गंगा धामी बोहराको शव झुण्डिएको अवस्थामा फेला परेको आलिताल प्रहरी चौकीले जनाएको छ।

बिहीवार बिहान बोहराको शव घरभन्दा करिब एक सय मिटर टाढा उमराको रूखमा प्लास्टिकको डोरीमा झुण्डिएको अवस्थामा रहेको प्रहरीले जनाएको छ। आलिताल प्रहरी चौकीको टोली घटनास्थलमा पुगिसकेको छ।

इलाका प्रहरी कार्यालय जोगबुढाबाट इन्सपेक्टरको टोली आएपछि अनुसन्धानको थप प्रक्रिया अगाडि बढाइने आलिताल प्रहरी चौकीका इन्चार्ज भीमराज भट्टले जानकारी दिए।

Leave A Reply

Your email address will not be published.