जीवनको उपचारका लागि खर्च जुटाउँदै मेची–महाकाली जागरण अभियान

डडेल्धुराः मेची–महाकाली जागरण अभियान भारतले डडेल्धुराका जीवन विष्टको उपचारका आर्थिक संकलन अभियान थालेको छ। भारतस्थित प्रवासी नेपालीहरूको दुःख सुखको साथी एवं स्वतन्त्र सामाजिक संस्था मेची–महाकाली जागरणले एक्यूट ल्यूकेमियाबाट पीडित १५ वर्षीय जीवनको उपचारमा आर्थिक अभाव भएपछि पैसा संकलन अभियान थालेको हो।

विगत लामो समयदेखि देश विदेशमा रहेका नेपालीहरूका लागि सो संस्थाले काम गर्दै आइरहेको छ। अहिले जीवनको उपचारमा पनि मेची–महाकाली जागरण अभियान भारतले विश्वभर रहेका नेपलीहरूलाई सहयोगको अपिल गर्दै उपचारमा लाग्ने आवश्यक पैसा जुटाइरहेको छ।

एक्यूट ल्यूकेमियाबाट पीडित जीवन हाल भारतको नयाँ दिल्लीस्थित एम्स अस्पतालमा उपचाररत छन्। अस्पतालले जीवनको उपचारमा ६ महिनाको दौरानमा कम्तीमा १० देखि १५ लाखसम्म लाग्ने बताएको छ। डडेल्धुरा सदरमुकामको ज्ञानोदय विद्यानिकेतनमा कक्षा १० मा अध्ययनरत जीवनको स्वास्थ्यमा एकाएक समस्या आएपछि नजिकैको डडेल्धुरा अस्पतालमा भर्ना गरिएको थियो।

यहाँ उपचार सम्भव नभएपछि उनलाई धनगढीस्थित विभिन्न अस्पतालहरूमा चेकजाँच गर्दा पनि स्वास्थ्यमा सुधार नआएपछि संघीय राजधानी काठमाडौं लगिएको थियो। काठमाडौंस्थित सिभिल अस्पतालमा धेरै दिन कुर्दा पनि बेडसमेत नपाएपछि ज्यान बचाउनको लागि दिल्ली लगिएको हो।

जीवनको लागि सहयोग अभियानमा मेची–महाकाली जागरण अभियान भारतको सम्पूर्ण टिम खटिएको संस्था अध्यक्ष सुरेन्द्र बोहराले बताए।अभियानअन्तर्गत तीनचार दिनको अवधिमा ३० हजार बढी संकलन भएको बोहराले जानकारी दिए। अध्यक्ष बोहराले सहयोग गरेर जीवनको ज्यान बचाइदिन सबै देश तथा विदेशमा रहेका नेपालीहरूलाई आग्रह गरे।

मेची–महाकाली जागरण अभियान भारतक संस्थापक स्व. किशन बोहरा हुन्। अहिले भारतलगायत अन्य देशहरूमा समेत हजारौं सदस्यहरू यस संस्थामा छन्।

यसरी गर्न सकिनेछ सहयोग

भारतमा बस्नुहुने सहयोगीहरुले निम्न नम्बरहरुमा Phone pay, pay TM, Google pay वा अरु माध्यमबाट सहयोग राशी पठाउन सक्नुहुनेछ।

सुरेन्द्र बोहरा : 8130504495
श्याम महता : 7011882423
लक्ष्मण सुनार : 9911660175

नेपालमा हुने सहयोगीहरूले तलको एकाउन्टमा पठाउन सक्नेछन् :

A/c Name : Prakash Bahadur Parki

Account Number : 05320009740

Laxmi Bank, Dadeldhura

पुष्पा विष्टको भारतको नम्बर : +919911976266

इन्द्र साउँद : 9840614372

प्रकाश पार्की : 9848702274/9809462274

Leave A Reply

Your email address will not be published.