डोटी: डोटीको जोरायल गाउँपालिका–२ बुडरको भड्डीखोलाबाट एक पल्सर मोटरसाइकल चोरी भएको छ। डडेल्धुराको परशुराम नगरपालिका–११ का निर्माण व्यवसायी डम्बर भाटको मोटरसाइकल सोमबार राति १२ बजेतिर चोरी भएको हो।
बुडर भड्डीखोला सुरुपाल श्रृङ्गार पसल नजिकै पार्किङ गरेर राखेको गागी सु.प.प्र ०१००८प ५४९९ नम्बरको १५० सीसीको मोटरसाइकल चोरी भएको भाटले जानकारी दिए।
इलाका प्रहरी कार्यालय, बुडरका प्रहरी नायब निरीक्षक (सई) वसन्त खातीले चोरी भएको मोटरसाइकलको खोजी कार्य जारी रहेको जानकारी दिए। कसलै उक्त नम्बरको बाइक देखेमा नजिकैको प्रहरी कार्यालय वा दिनेश भाटको सम्पर्क नम्बर 9860157800 मा सम्पर्क गरिदिनु आग्रह गरिएको छ।