नेता मालले जीवनको उपचारका लागि गरे २० हजार सहयोग

डडेल्धुरा: नेकपा (माओवादी केन्द्र) का सुदूरपश्चिम प्रदेश समिति उपाध्यक्ष मानसिंह माल (क्रान्ति) ले डडेल्धुराका जीवन विष्टको उपचारका लागि २० हजार सहयोग गरेका छन्।

उपाध्यक्ष मालले मंगलबार एक्यूट ल्यूकेमियाबाट पीडित १५ वर्षीय जीवनको उपचारका लागि २० हजार रुयैयाँ सहयोग गरेका हुन्। आर्थिक अवस्था निकै कमजोर भएका जीवनको उपचारका लागि मालले व्यक्तिगत रूपमा सो रकम सहयोग गरेका हुन्।

जीवनको उपचारमा सहयोगका लागि यहाँका पालिकाहरू र पार्टीसँग पनि कुरा गरिराखेको उपाध्यक्ष मालले बताए। जीवन हाल भारतको नयाँ दिल्लीस्थित एम्स अस्पतालमा उपचाररत छन्।

अस्पतालले जीवनको उपचारमा ६ महिनाको दौरानमा कम्तीमा १० देखि १५ लाखसम्म लाग्ने बताएको छ। डडेल्धुरा सदरमुकामको ज्ञानोदय विद्यानिकेतनमा कक्षा १० मा अध्ययनरत जीवनको स्वास्थ्यमा एकाएक समस्या आएपछि नजिकैको डडेल्धुरा अस्पतालमा भर्ना गरिएको थियो।

यहाँ उपचार सम्भव नभएपछि उनलाई धनगढीस्थित विभिन्न अस्पतालहरूमा चेकजाँच गर्दा पनि स्वास्थ्यमा सुधार नआएपछि संघीय राजधानी काठमाडौं लगिएको थियो। काठमाडौंस्थित सिभिल अस्पतालमा धेरै दिन कुर्दा पनि बेडसमेत नपाएपछि छोरोको ज्यान बचाउनको लागि दिल्ली लगिएको उनकी आमा चन्द्रिका पार्की विष्ट (पुष्पा)ले  बताइन्।

यसरी गर्न सकिनेछ सहयोग

भारतमा बस्नुहुने सहयोगीहरुले निम्न नम्बरहरुमा Phone pay, pay TM, Google pay वा अरु माध्यमबाट सहयोग राशी पठाउन सक्नुहुनेछ।

सुरेन्द्र बोहरा : 8130504495
श्याम महता : 7011882423
लक्ष्मण सुनार : 9911660175

नेपालमा हुने सहयोगीहरूले तलको एकाउन्टमा पठाउन सक्नेछन् :

A/c Name : Prakash Bahadur Parki

Account Number : 05320009740

Laxmi Bank, Dadeldhura

पुष्पा विष्टको भारतको नम्बर : +919911976266

इन्द्र साउँद : 9840614372

प्रकाश पार्की : 9848702274/9809462274

Leave A Reply

Your email address will not be published.