ज्ञानोदय विद्या निकेतनद्वारा जीवनको उपचारका लागि ६५ हजार सहयोग

डडेल्धुराः अमरगढी नगरपालिका–५ तुफानडाँडामा रहेको ज्ञानोदय विद्या निकेतनले जीवन विष्टको उपचारका लागि ६५ हजार बढी सहयोग गरेको छ।

विद्यालयलले एक्यूट ल्यूकेमियाबाट पीडित १५ वर्षीय जीवनको उपचारका लागि ६५ हजार ४ सय २० रुयैयाँ सहयोग गरेको हो। बुधबार शिक्षक र विद्यार्थीहरूबाट संकलित उक्त रकम विद्यालयका प्रिन्सिपल जगदीश धामीले जीवनका आफ्ना प्रकाश पार्कीलाई हस्तान्तरण गरेका हुन्।

जीवन सोही विद्यालयको कक्षा १० मा अध्ययनरत छात्र हुन्। जीवनका लागि अझै पनि विद्यालयले सक्ने सहयोग गर्ने प्रिन्सिपल धामीले प्रतिबद्धता जनाएका छन्। यसका साथै उनले अन्य विद्यालयसँग पनि जीवनको उपचारमा सहयोग गर्नका लागि आग्रह गर्ने बताए।

जीवन हाल भारतको नयाँ दिल्लीस्थित एम्स अस्पतालमा उपचाररत छन्। अस्पतालले जीवनको उपचारमा ६ महिनाको दौरानमा कम्तीमा १० देखि १५ लाखसम्म लाग्ने बताएको छ। विद्यालयमा अध्ययन गरिरहेका बेला जीवनको स्वास्थ्यमा एकाएक समस्या आएपछि नजिकैको डडेल्धुरा अस्पतालमा भर्ना गरिएको थियो।

यहाँ उपचार सम्भव नभएपछि उनलाई धनगढीस्थित विभिन्न अस्पतालहरूमा चेकजाँच गर्दा पनि स्वास्थ्यमा सुधार नआएपछि संघीय राजधानी काठमाडौं लगिएको थियो। काठमाडौंस्थित सिभिल अस्पतालमा धेरै दिन कुर्दा पनि बेडसमेत नपाएपछि छोरोको ज्यान बचाउनको लागि दिल्ली लगिएको उनकी आमा चन्द्रिका पार्की विष्ट (पुष्पा)ले  बताइन्।

यसरी गर्न सकिनेछ सहयोग

भारतमा बस्नुहुने सहयोगीहरुले निम्न नम्बरहरुमा Phone pay, pay TM, Google pay वा अरु माध्यमबाट सहयोग राशी पठाउन सक्नुहुनेछ।

सुरेन्द्र बोहरा : 8130504495
श्याम महता : 7011882423
लक्ष्मण सुनार : 9911660175

नेपालमा हुने सहयोगीहरूले तलको एकाउन्टमा पठाउन सक्नेछन् :

A/c Name : Prakash Bahadur Parki

Account Number : 05320009740

Laxmi Bank, Dadeldhura

पुष्पा विष्टको भारतको नम्बर : +919911976266

इन्द्र साउँद : 9840614372

प्रकाश पार्की : 9848702274/9809462274

Leave A Reply

Your email address will not be published.