देउवाले झपारेका सागर डडेल्धुरामा चुनाव लड्दै

काठमाडौँ: पाँच वर्षअघि बिबिसीमा प्रसारण हुने साझा सवाल कार्यक्रममा प्रधानमन्त्री शेरबहादुर देउवालाई प्रश्न साेधेर चर्चित बनेका व्यक्ति डडेल्धुराबाट संसदीय चुनाव लड्ने भएका छन्।

गुल्मीका सागर ढकालले पाँच वर्षअघि प्रधानमन्त्री देउवालाई ‘अक्सफोर्ड विश्वविद्यालय पढेको प्रधानमन्त्री हामी कहिले पाउँछौं?’ भन्दै प्रश्न गरेका थिए। देउवाले जवाफमा झोक्किँदै ‘तपाईं बढ्ता बोल्दैहुनुहुन्छ’ भनेर जवाफ फर्काएका थिए।

देउवालाई प्रश्न सोध्ने बेलादेखि नै आफूमा राजनीतिक गर्ने सोच आएको उनी बताउँछन्। मंसिरमा संसदीय चुनाव हुँदैछ। यसपालिको चुनावमा ढकालले डडेल्धुरामा प्रधानमन्त्री देउवालाई चुनौती दिने तयारीमा गरिरहेको बताएका छन्।

४० वर्षमुनिका व्यक्तिलाई प्रधानमन्त्री बनाउने लक्ष्यका साथ आफू राजनीति गर्न नेपाल फर्किएको उनको भनाइ छ। गुल्मीका सागरले सुदूरपश्चिममा गएर देउवाको गृह जिल्लामा चुनाव लड्नुको कारण उनकै शब्दमा देशभरि सन्देश दिन खोजेको उनले बताए।

ढकाल पढ्नका लागि आफैं बेलायतको अक्सफोर्ड विश्वविद्यालय पुगेका थिए। उनले अक्सफोर्ड विश्वविद्यालयबाट पोलिसी एन्ड म्यानेजमेन्टमा एमएस्सी गरेका छन्। देउवालाई प्रश्न सोध्नेबेला सागरले पुल्चोक क्याम्पसबाट हाइड्रो मेकानिकलमा बिई गरेका थिए भने ४१० मेगावाटको नलसिङगाड जलविद्युत आयोजनामा करारको काम गरेको बताए।

Leave A Reply

Your email address will not be published.