खड्काले जीवनको उपचारमा गरे साढे ६ हजार बढी सहयोग

डडेल्धुराः आर्थिक अभावका कारण उपचारमा समस्या भोगिरहेका डडेल्धुराका जीवन विष्टलाई सहयोग जुट्ने क्रम जारी रहेको छ।

यसैक्रममा विष्टको उपचारका लागि डडेल्धुराको आलिताल गाउँपालिका–७ खिन्नेभाडीका देवबहादुर खड्काले ६ हजार ६ सय ५० रुयैयाँ सहयोग गरेका हुन्।

हाल मलेसियामा रहेका खड्काले आर्थिक अवस्था निकै कमजोर भएका जीवनको उपचारका लागि व्यक्तिगत रूपमा सो रकम सहयोग गरेका हुन्।

जीवन हाल भारतको नयाँ दिल्लीस्थित एम्स अस्पतालमा उपचाररत छन्। अस्पतालले जीवनको उपचारमा ६ महिनाको दौरानमा कम्तीमा १० देखि १५ लाखसम्म लाग्ने बताएको छ।

डडेल्धुरा सदरमुकामको ज्ञानोदय विद्यानिकेतनमा कक्षा १० मा अध्ययनरत जीवनको स्वास्थ्यमा एकाएक समस्या आएपछि नजिकैको डडेल्धुरा अस्पतालमा भर्ना गरिएको थियो।

यहाँ उपचार सम्भव नभएपछि उनलाई धनगढीस्थित विभिन्न अस्पतालहरूमा चेकजाँच गर्दा पनि स्वास्थ्यमा सुधार नआएपछि संघीय राजधानी काठमाडौं लगिएको थियो। काठमाडौंस्थित सिभिल अस्पतालमा धेरै दिन कुर्दा पनि बेडसमेत नपाएपछि छोरोको ज्यान बचाउनको लागि दिल्ली लगिएको उनकी आमा चन्द्रिका पार्की विष्ट (पुष्पा)ले  बताइन्।

नेपालमा हुने सहयोगीहरूले तलको एकाउन्टमा पठाउन सक्नेछन् :

A/c Name : Prakash Bahadur Parki

Account Number : 05320009740

Laxmi Bank, Dadeldhura

पुष्पा विष्टको भारतको नम्बर : +919911976266

इन्द्र साउँद : 9840614372

प्रकाश पार्की : 9848702274/9809462274

भारतमा यसरी गर्न सकिनेछ सहयोग

भारतमा बस्नुहुने सहयोगीहरुले निम्न नम्बरहरुमा Phone pay, pay TM, Google pay वा अरु माध्यमबाट सहयोग राशी पठाउन सक्नुहुनेछ।

सुरेन्द्र बोहरा : 8130504495
श्याम महता : 7011882423
लक्ष्मण सुनार : 9911660175

Leave A Reply

Your email address will not be published.