माओवादी केन्द्र डडेल्धुराले पार्टी संगठन सुदृढीकरण अभियान चलाउने

डडेल्धुरा: नेकपा (माओवादी केन्द्र) डडेल्धुराले एक महिने पार्टी संगठन सुदृढीकरण अभियान संचालन गर्ने भएको छ।

आइतबार आलितालमा सम्पन्न भएको पार्टीको पहिलो विस्तारित बैठकले सो निर्णय गरेको हो।

बैठकले एक महिने संगठन विस्तार अभियानमा स्थानीय कमिटीदेखि सेल कमिटीसम्मका बैठक तथा भेला सम्पन्न गर्ने, पार्टी सदस्यता वितरण तथा स्थानीय कमिटीबाटै एकीकरण र ध्रुवीकरणको अभियान संचालन गर्ने निर्णय पनि गरेको छ।

भातृ संगठनका भेला बैठकहरू साउन २५ गतेभित्र सम्पन्न गरी संगठनलाई चुस्तदुरुस्त बनाउने निर्णय गरिएको पार्टी सचिव लालबहादुर धामी (अपिल) ले जानकारी दिए।

बैठकका प्रमुख अतिथि केन्द्रीय सदस्य भरत धानुक (पुकार)ले आठौं महाधिवेशनले पारित गरेको कार्यदिशालाई अक्षरस पालना गर्न निर्देशन दिँदै समाजवादी यात्रामा एकीकृत र केन्द्रकृत भएर पार्टीलाई सुदृढीकरण बनाउनमा जोड दिए।

बैठकमा पार्टीका सुदूरपश्चिम अध्यक्ष हरिराम चौधरी (उत्सव)ले आउँदो प्रदेश र प्रतिनिधिसभा निर्वाचनको तयारीमा जुट्न नेताकार्यकर्तालाई निर्देशन दिए।

जिल्ला संयाेजक उमेशप्रसाद भट्ट (विकास)को अध्यक्षतामा सकिएको बैठकमा प्रदेश कमिटी सचिव जनक बुढा, केन्द्रीय सदस्य कुन्ति जोशी, लछीराम आचार्यलगायतका नेताहरू सहभागी थिए।

Leave A Reply

Your email address will not be published.