पोन्टिङले बताए टी–२० विश्वकपको फाइनलमा पुग्ने टोलीको नाम

काठमाडौं।

दुई पटकको विश्वकप विजेता कप्तान रिकी पोन्टिङले यस वर्षको अन्त्यमा अस्ट्रेलियामा हुने आइसिसी पुरुष टी-२० विश्वकपको फाइनलमा पुग्ने दुई टोली र ‍ट्रफी जित्ने टोलीको विषयमा विश्लेषण गरेका छन्।

पोन्टिङले पछिल्ला वर्षमा धेरै टी-२० क्रिकेट हेरेका छन्, अस्ट्रेलियाली टोलीको सहायकको रूपमा समय बिताएका छन्। विगत पाँच वर्षदेखि आइपिएलमा दिल्ली क्यापिटल्सका मुख्य प्रशिक्षक भएर काम गरेका छन् भने बिग ब्यास लिगमा कमेन्टेटरको भूमीकामा छन्।

विश्वभरका उत्कृष्ट खेलाडीहरूलाई नजिकबाट र व्यक्तिगत रूपमा हेरेर विश्लेषण गरिसकेपछि उनले आगामी टी-२० विश्वकपको बारेमा आफ्नो विचार आइसिसी समिक्षाको पछिल्लो एपिसोडमा खुलेर कुरा गरेका छन्।

‍आइसिसी ट्रफी जित्नका कहिलेकाँही भाग्यले साथ दिनु पर्ने स्वीकार गर्दै पोन्टिङले भने, ‘मलाई लाग्छ कि भारत र अस्ट्रेलिया फाइनलमा खेल्ने दुई टोली हुनेछन् र अस्ट्रेलियाले फाइनलमा भारतलाई पराजित गर्नेछ भन्ने लाग्छ।’

उनले अघि भने, ‘मलाई लाग्छ कागजमा तीनवटा टोली क्लास र सबैभन्दा धेरै म्याच विजेता हुन्। जुन टिममा भारत, अस्ट्रेलिया र इङ्गल्याण्ड हुन्।’ पाकिस्तानी लेजेन्ड वकार युनिसले पाकिस्तानी टोलीले अस्ट्रेलियामा दोस्रो टी-२० विश्वकपको उपाधि जित्ने दाबी गरेका थिए। तर पोन्टिङ निश्चित छैनन्।

पोन्टिङले स्टार तीव्र गतिका बलर शाहीन अफ्रिदी र ओपनर मोहम्मद रिजवान उत्कृष्ट फर्म रहेको बताए। तर पाकिस्तान आफ्नो ब्याटिङ लाइनअपमा कप्तान तथा विश्व नम्बर १ ब्याट्सम्यान बाबर आजममा धेरै निर्भर रहेको बताए।

‘यदि बाबर प्रतियोगितामा चल्न सकेनन् भने पाकिस्तानलाई गाह्रो पर्छ,’ पोन्टिङले भने ‘मलाई खेल राम्रोसँग थाहा छ, न्युजिल्यान्ड, पाकिस्तान वा वेस्ट इन्डिजले अरुलाई हराउन सक्छन्, यदि यी मध्ये कुनै पनि टोली फाइनल पुगे मलाई अचम्म लाग्दैन।’

Leave A Reply

Your email address will not be published.