काठमाडौं।
बंगलादेशले साफ यू-२० च्याम्पियनसिप पुरुष फुटबलमा लगातार तेस्रो जित निकालेको छ । भुवनेश्वरस्थित कालिंगा स्टेडियममा शुक्रबार माल्दिभ्सलाई ४-१ गोल अन्तरले हराउँदै बंगलादेशले लगातार तेस्रो जित निकालेको हो ।
बंगलादेशलाई जित दिलाउन मिराजुल इस्लामले ह्याट्रिक पूरा गरे । मोहमद राफिकुल इस्लामको नाममा एक गोल रह्यो । माल्दिभ्सका जेइन जाफरले एक गोल फर्काए ।
यस जितसँगै बंगलादेशले ३ खेलमा ९ अंक ओडेको छ । बंगलादेश शीर्ष स्थानमा उक्लिएको छ । पहिलो खेलमा बंगलादेशले श्रीलंकालाई १-० ले हराएको थियो । यस्तै दोस्रो खेलमा भारतलाई २-१ गोल अन्तरले हराएको थियो । माल्दिभ्सको यो दोस्रो हार हो ।
श्रीलंकामाथि भारतको फराकिलो जित
आयोजक भारतले साफ यू-२० च्याम्पियनसिप फुटबलमा पहिलो जित निकालेको छ । भुवनेश्वरस्थित कालिंगा स्टेडियममा शुक्रबार श्रीलंकालाई ४-० गोल अन्तरले हराउँदै भारतले पहिलो जित निकालेको हो ।
साविक विजेता समेत रहेको भारतलाई जित दिलाउन पार्थिव सुन्दर गोगाईले दुई गोल गरे । हिमान्सु जान्ग्रा र गुर्किरात सिंहले एक एक गोल थपे । भारतले चारै गोल दोस्रो हाफमा गरेको थियो ।
खेलको ५० औं मिनेटमा हिमान्सुले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । खेलको ६९ औं मिनेटमा पार्थिव सुन्दर गोगोईले गोल गर्दा भारत २-० ले अघि रह्यो ।
७४ औं मिनेटमा गुर्किरातले गोल गर्दै टोलीको अग्रता ३-० को बनाए । त्यसपछि खेलको इन्जुरी समयमा पार्थिवले व्यक्तिगत दोस्रो गोल गर्दै भारतलाई ४-० को जित दिलाए ।
जितसँगै भारतले दुई खेलमा ३ अंक जोडेको छ । पहिलो खेलमा भारत बंगलादेशसँग पराजित भएको थियो । श्रीलंकाको यो लगातार तेस्रो हार हो । श्रीलंका भने प्रतियोगिताबाट बाहिरिएको छ ।
अंक तालिका :