भारतसँग खेल्ने नेपालको सुरुवाती–११ घोषणा, यी खेलाडीले पाए मौका

काठमाडौं।

भारतको भुवनेश्वरमा भइरहेको साफ यू-२० च्याम्पियनसिपमा नेपालले आफ्नो तेस्रो खेल्दैछ। नेपालले आज घरेलु टिम भारतसँग खेल्न लागेको हो। नेपाल र भारतबीचको खेल कालिङ्गा रंगशालमा साँझ सवा सात बजे सुरू हुनेछ। नेपाली युवा टिमले सुरूवाती दुई खेलमा उत्कृष्ट प्रदर्शन गरेको थियो।

नेपालले पहिलो खेलमा माल्दिभ्समाथि ४-० गोल र दोस्रो खेलमा श्रीलंकालाई ३-० गोलले पराजित गरेको थियो। दुई खेलमा सात गोल गरेको नेपालले अहिलेसम्म गोल खाएको छैन। प्रतियोगितामा उत्कृष्ट लयमा देखिएको नेपाली टिमका लागि कृतिश रत्न छुन्जु र मनग्य नकर्मीले दुईदुई गोल गरेका छन्। कप्तान आयुष घलान, दिपेश गुरुङ र सुगम सुवालले एकएक गोल गरेका छन्।

प्रतियोगितामा अब नेपालले बंगलादेश र भारतसँग खेल्न बाँकी छ। दुवै खेल नेपालका लागि वास्तविक परीक्षा हुन्। किनभने भारतलाई प्रतियोगिताको बलियो दाबेदार मानिएको छ। लामो समयदेखि सँगै रहेर अभ्यास गरेको भारतीय टिमलाई घरेलु मैदानको समेत फाइदा हुनेछ।

बंगलादेशले पनि प्रतियोगिताका सुरूवाती तीन खेलमा जित निकालेको छ। पहिलो खेलमा श्रीलंकालाई हराएको बंगलादेशले दोस्रो खेलमा घरेलु टिम भारतमाथि सनसनीपूर्ण जित निकालेको थियो। बंगलादेशले तेस्रो खेलमा माल्दिभ्सलाई पराजित गरेको थियो।

भारतले आफ्नो दोस्रो खेलमा श्रीलंकामाथि ४-० को जित निकालेको थियो। समूहका शीर्ष दुई टिम फाइनलमा पुग्ने व्यवस्थाअनुसार भारतको फाइनल यात्रामा आजको खेल महत्वपूर्ण छ। खेल नेपालका लागि महत्वपूर्ण सावित हुने पक्का छ। किनभने सुरुवाती दुई खेलमा लयमा देखिएको नेपालले बलियो भारतविरूद्ध देखाउने खेलले नेपालको स्तर निर्धारण गर्नेछ भने जितले फाइनल यात्रा समेत पक्का गर्नेछ।

आइतबार नेपालविरूद्ध अंक गुमाएको अवस्थामा भारत फाइनल पुग्नबाट बञ्चित हुने अवस्था आउन सक्नछ। त्यसैले भारतले नेपालविरूद्ध सम्पूर्ण शक्ति खर्चनेछ। जितका लागि भारत दबाबमा भएको फाइदा उठाउन सके नेपाली टिम अन्तिम खेलअघि फाइनल पुग्न सक्नेछ।

भारतका प्रशिक्षक शान्मुगम वेंकटेशले बंगलादेशसँग हारको दोष आफ्नो भएको बताएका थिए। उनले अबका खेलदेखि गल्ति सुधार गरेर अघि बढ्ने समेत बताएका थिए। त्यसैले प्रशिक्षक शान्मुगम बाँकी रहेका खेलमा अंक गुमाउन चाहदैनन्। भारतसँग आइतबार खेलेपछि नेपालले आफ्नो अन्तिम खेल मंगलबार बंगलादेशसँग खेल्नेछ। भारतसँग खेल्ने नेपालको सुरुवाती–११ घोषणा भएको छ।

यी खेलाडीले पाए मौका :

Leave A Reply

Your email address will not be published.