काठमाडौं।
साफ यू-२० च्याम्पियनसिप फुटबलमा नेपालले अहिले साविक विजेता भारतविरुद्ध प्रतिस्पर्धा गरिरहेको छ। भुवनेश्वरस्थित कालिंगा स्टेडियममा जारी खेलको पहिलो हाफ सकिदा भारतले नेपालविरुद्ध १-० गोलको अग्रता बनाएको छ ।
खेलको ३२ औं मिनेटमा टाइसन सिंहले गोल गर्दै भारतलाई अग्रता दिलाएका हुन् । आज नेपाल लगातार तेस्रो जितको खोजीमा हुनेछ ।
पहिलो खेलमा नेपालले माल्दिभ्सलाई ४-० गोल अन्तरले हराएको थियो । यस्तै दोस्रो खेलमा नेपालले श्रीलंकालाई ३-० गोल अन्तरले हराएको थियो ।
नेपाल २ खेलमा ६ अंक जोडेर दोस्रो स्थानमा रहेको छ । यदि भारतलाई हराएमा नेपाल शीर्ष स्थानमा उक्लनेछ । भारत पनि नेपाललाई हराएर दोस्रो जित निकाल्न चाहन्छ । भारत २ खेलमा ३ अंक जोडेर तेस्रो स्थानमा रहेको छ । फाइनलमा स्थान बनाउन भारतलाई नेपालविरुद्धको खेल जित्नुपर्ने दबाब रहेको छ ।