नेपालले एकदिवसीयमा डेब्यू गर्दा यस्तो थियो प्लेइङ–११

काठमाडौं।

नेपालले एकदिवसीय अन्तराष्ट्रिय मान्यता प्राप्त गरेको चार वर्ष पूरा भएको छ । नेपालले ४ वर्षअघि आजकै दिन पहिलो एकदिवसीय अन्तराष्ट्रिय खेल खेलेको थियो । नेदरल्यान्ड्स नेपालको प्रतिद्वन्दी थियो । चार वर्षको अवधिमा नेपालले मिश्रीत नतिजा निकालेको छ ।

यस क्रममा नेपालले अपेक्षाकृत हार र जित समेत हासिल गरेको छ । नेपालले एकदिवसीय अन्तराष्ट्रिय क्रिकेटको यात्रा सुरु गर्दाको प्लेइङ-११ यसप्रकारको रहेको थियो:

१. आरिफ शेख : नेपालको मध्यपक्तिमा अहिलेका भरपर्दा खेलाडीमा पर्ने आरिफले नेपालको लागि ऐतिहासिक खेलमा डेब्यु गर्ने पहिलो खेलाडी रहे ।

२. दीपेन्द्रसिंह ऐरी : अलराउन्डर दीपेन्द्र नेपालका लागि भविष्य रहेका क्रिकेटर मानिएका छन् । उनै ऐरीले नेपालको ऐतिहासिक खेलमा दोस्रो नम्बरमा डेब्यु गरेका थिए ।

३. शक्ति गौचन : स्पिनर गौचनले पनि सोही खेलमा डेब्यु गरेका थिए । हाल उनले क्रिकेटबाट सन्यास घोषणा गरिसकेका छन् ।

४. करण केसी : नेपालको तीव्र गतिका बलरमा अगाडी आउने नाम करण केसी हो । खेलको अन्तिम समयमा ब्याटिङमा आउने करणबाट राम्रो फिनिसको समेत अपेक्षा टिमले राख्ने गर्छ । उनले पनि सो ऐतिहासिक खेलमा डेब्यु गरेका थिए ।

५.पारस खड्का : नेपाली क्रिकेट इतिहासकै सफल कप्तान रहेका पारस खड्का तत्कालिन समयमा पनि कप्तान रहेका थिए । उक्त खेल खेल एकदिवसीय अन्तराष्ट्रियमा उनको डेब्यु खेल रहेको थियो । पूर्व कप्तान पारसले सन्यास घोषणा गरिसकेका छन् ।

६. सन्दीप लामिछाने : नेपालका हालका कप्तान सन्दीप लामिछानेले पनि त्यस ऐतिहासिक खेलमा डेब्युको अवसर पाएका थिए । उनले छैठौं खेलाडीकोको रुपमा सो खेलमा डेब्यु गरेका थिए।

७ ज्ञानेन्द्र मल्ल : पूर्व कप्तान मल्लले पनि त्यस ऐतिहासिक खेलमा सातौं नम्बरमा डेब्युको अवसर पाएका थिए। मल्ल पछिल्लो समय टिम बाहिर रहदै आएका छन्।

८. बसन्त रेग्मी : स्पिनर बसन्त रेग्मीले पनि त्यस खेलमा डेब्यु गरेका थिए। उनी हाल टिम बाहिर रहदै आएका छन्।

९. अनिलकुमार शाह : विकेट किपर ब्याट्सम्यानका रुपमा शाहले त्यस खेलमा डेब्यु गरेका थिए। हाल उनी पनि राष्ट्रिय टोली बाहिर रहेका छन्।

१०. सोमपाल कामी : तीव्र गतिका बलर सोमपाल कामीले तल्लोक्रममा जिम्मेवारी पुर्वक ब्याटिङ समेत गर्ने क्षमतासमेत रहेको छ। उनले पनि सोहि खेलमा एकदिवसीय अन्तराष्ट्रियमा डेब्युको अवसर पाए।

११. शरद भेषवाकर: ब्याट्सम्यान भेषवाकरले पनि एकदिवसीय अन्तराष्ट्रियमा यसै खेलबाट डेब्यु गरेका थिए।

Leave A Reply

Your email address will not be published.