एसिया कप : भारत र पाकिस्तान एकै समूहमा [खेल तालिकासहित]

काठमाडौं ।

युएईमा आयोजना हुने एसीसी एसिया कप क्रिकेट २०२२ को खेल तालिका सार्वजनिक भएको छ । एसियन क्रिकेट काउन्सिल (एसीसी) ले मंगलबार एसिया कपको खेल तालिका सार्वजनिक गरेको हो ।

एसीसीले सहभागी ६ टोलीलाई दुई समूहमा विभाजन गर्दै खेल तालिका सार्वजनिक गरेको हो । समूह ‘ए’ मा साविक विजेता भारत, पाकिस्तान र छनोटबाट आउने एक टोली रहेका छन् ।

युएई, हङकङ, सिंगापुर र कुवेतमध्ये एक टोली यस समूहमा रहने छन् । यसै समूह ‘बी’ श्रीलंका, बंगलादेश र अफगानिस्तान रहेको छ । टी-ट्वान्टी फर्म्याटको प्रतियोगितामा समूहको शीर्ष दुई टोलीले सुपर चारमा स्थान बनाउने छन् । सुपर चारमा एकअर्काविरुद्ध खेल्ने छन् । त्यसपछि शीर्ष दुई टोलीले फाइनल खेल्नेछ ।

प्रतियोगिताको उद्घाटनमा श्रीलंका र अफगानिस्तानबीच अगस्ट २७ मा प्रतिस्पर्धा हुनेछ । यस अघि एसिया कप श्रीलंकामा तय भएको थियो। तर, श्रीलंकामा पछिल्लो समय देखिएको आर्थिक संकट र नागरिकको आन्दोलनको कारण एसियन कप श्रीलंकाबाट युएईमा सारिएको हो।

खेल तालिका :

Leave A Reply

Your email address will not be published.