रीजाले रचे इतिहास, बनाए अनौठो कीर्तिमान

काठमाडौं।

दक्षिण अफ्रिकाका ओपनर रीजा हेन्ड्रिक्सले टी–२० अन्तर्राष्ट्रियमा इतिहास रचेका छन्। दक्षिण अफ्रिकाकाका लागि लगातार चार अर्धशतक बनाउने पहिलो ब्याटर बन्दै उनले इतिहास रचेका हुन्। बुधबार पनि आफ्नो उत्कृष्ट प्रदर्शनलाई जारी राख्दै हेन्ड्रिक्स टी–२० अन्तर्राष्ट्रियमा लगातार चार अर्धशतक बनाउने छैठौं ब्याटरसमेत बनेका छन्।

हेन्ड्रिक्सले बुधबार आयरल्यान्डविरुद्ध ५३ बलमा उत्कृष्ट ७४ रन बनाएका थिए। त्यसका लागि उनले १० चौका र १ छक्का प्रहार गरे। यो हेन्ड्रिक्सको लगातार चौथो अर्धशतक हो।

जससँगै उनले वेस्ट इन्डिजका स्टार क्रिस गेल र न्यूजिल्याण्डका लिजेन्ड ब्रेन्डन म्याकुलम लगायतका खेलाडीको कीर्तिमान बराबरी गर्न सफल भए। हेन्ड्रिक्सले यसअघि दक्षिण इंग्ल्याण्डविरुद्धको तीन खेलको शृङ्खलामा ५७, ५३ र ७० रन बनाएका थिए।

टी-२० अन्तर्राष्ट्रियमा लगातार चार अर्धशतक बनाउने खेलाडी
ब्रेन्डन म्याकुलम (न्यूजिल्याण्ड) २००८, २००९
क्रिस गेल (वेस्ट इन्डिज) २०१२
क्रेग विलियम्स (नामिबिया) २०२१
रायन खान पठान (क्यानाडा) २०२१
गुस्ताभ म्याकन (फ्रान्स) २०२२
रीजा हेन्ड्रिक्स (दक्षिण अफ्रिका) २०२२

उनको अर्धशतकसँगै दक्षिण अफ्रिकाले पहिलो टी-२० मा २११ रन जोड्यो। २१२ रनको लक्ष्य पछ्याएको आयरल्यान्डले ९ विकेटको क्षतिमा १९० जोड्न सक्दा खेल दक्षिण अफ्रिकाले २१ रनले जित्यो।

जितसँगै पाहुना टोलीले २ खेलको टी-ट्वान्टीमा १-० को अग्रता बनाएको छ । भ्रमणकारी टोलीले दिएको २ सय १२ रनको लक्ष्य पछ्याएको घरेलु टोलीले २० ओभर ९ विकेट गुमाएर १ सय ९० रन मात्र बनाउन सक्यो । उसका लागि लोर्कान टुकरले ७८ रनको अर्धशतकीय इनिङ खेले । जर्ज डक्रेलले ४३ तथा पाउल स्टर्लिङले १८ रन बनाए ।

दक्षिण अफ्रिकाका लागि ताब्रज साम्सी,केशव महाराज तथा वाइनी पार्नेलले समान २/२ विकेट लिए । लुंगी एनजिडी र डेनियल पिटोरियसले समान १/१ विकेट लिए । त्यसअघि पहिले ब्याटिङ गरेको भ्रमणकारी टोलीले २० ओभरमा ५ विकेट गुमाएर २ सय ११ रन बनाएको थियो ।

उसका रिजा हेन्ड्रिक्स र एडम मार्क्रमले अर्धशतकीय इनिङ खेले । हेन्ड्रिक्सले ७४ तथा माकरमले ५६ रन बनाए । घरेलु टोलीका लागि ग्रेथ डिलेनीले २ तथा जोस लिटिल र एन्ड्री म्याकबर्नीले समान १/१ विकेट लिए । दुई टोलीबीचको दोस्रो तथा अन्तिम टी-ट्वान्टी शुक्रबार हुनेछ ।

Leave A Reply

Your email address will not be published.