काठमाडौं।
भारतमा जारी साफ यू-२० च्याम्पियनसिप फुटबलमा सहभागिता जनाएर नेपाली टोली स्वदेश फर्किएका छन् । नेपाली टोली बिहीबार अपरान्ह स्वदेश फर्किएका हुन् । नेपाली टोलीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष पंकज नेम्वाङ लगायत एन्फाका पदाधिकारीले स्वगत गरेका थिए ।
भुवनेश्वरस्थित कालिंगा स्टेडियममा जारी प्रतियोगितामा नेपाल फाइनल पुग्न असफल भएको थियो । नेपाल तेस्रो स्थानमा रहेको थियो । फाइनलमा भारत र बंगलादेशले प्रतिस्पर्धा गर्ने छन् । नेपालले प्रतियोगितामा माल्दिभ्स र श्रीलंकालाई हराएको थियो । बंगलादेशसँग बराबरी खेल्दा भारतसँग फराकिलो हार व्यहोरेको थियो ।
यसैबीच, नेपाली यू-२० राष्ट्रिय फुटबल टिमका कप्तान आयुष घलानले साफ यू-२० च्याम्पियनसिपमा भारतसँग खेलले नेपाली टोलीलाई धेरै कुरा सिकाएको बताएका छन् । लिग चरणमा भारतसँग ८-० को फराकिलो हार ब्यहोरेको नेपाली टिम फाइनल पुग्न असफल भएको थियो ।
भारतसँगै हारले प्रतियोगिताबाट बाहिरिएको नेपाली टोली बिहीबार स्वदेश फर्किएका छन् । स्वदेश फर्कने क्रममा त्रिभुवन बिमानस्थलमा पत्रकारसँग प्रतिक्रिया दिदै कप्तान घलानले त्यस हारले धेरै सिकाएको बताए ।
‘राम्रो नै भयो प्रतियोगिता । भारतसँगको खेलले हामीलाई धेरै कुरा सिकायो भारतसँग हामी मेन्टली रुपमा तयार थियौं केटाहरु तयार थिए’, घलानले भने । माल्दिभ्स र श्रीलंकालाई हराउँदै नेपालले प्रतियोगितामा सुखद सुरुआत गरेको थियो । तर तेस्रो खेलमा भारतसँग फराकिलो हार ब्यहोर्यो । अन्तिम खेलमा बंगलादेशसँग १-१ गोलको बराबरी खेलेपनि नेपाली टिम फाइनल पुग्न बञ्चित रह्यो ।
आयुषले भारतविरुद्धको खेलमा खेलाडीमा अनुभवको कमी देखिएको बताए । ‘पूरा प्रतियोगितामा हामी मेन्टल्ली रुपमा बलियो रहे पनि केटाहरुमा अनुभवको कमी देखिय,’ आयुषले भने, ‘नेपालले राम्रो खेल्न सक्छ भन्ने देखियो।’
यसैक्रममा प्रशिक्षक मेघराज केसीले साफ यू–२० च्याम्पियनसिपमा भारतले नेपाली फुटबलको स्तर देखाईदिएको बताएका छन्। लिग चरणमा भारतसँग फराकिलो हार ब्यहोरेको नेपाली टिम प्रतियोगिताबाट बाहिरिदै बिहीबार नेपाल फर्किएको छ ।
काठमाडौंका त्रिभुवन बिमानस्थलमा पत्रकारसँग प्रतिक्रिया दिदै प्रशिक्षक केसीले नेपाली फुटबलले भारतको स्तरमा पुग्न धेरै मेहनत गर्नुपर्ने बताए । ‘हामी भारतलाई पनि हराउन गएको हो । तर भारतले हाम्रो लेभल देखाईदियो ।’ केसीले भने, ‘आजको दिनमा हामीले धेरैनै मेहनत गर्नुपर्छ । खेलाडीको क्षमता, मेहनतको हिसाबले हामी उनीहरु भन्दा कम छैनौं । तर उनीहरुको स्तरमा हामी निकै कम देखिन थालेका छौं ।’
माल्दिभ्स र श्रीलंकालाई हराउँदै नेपालले प्रतियोगितामा शानदार सुरुवात गरेको थियो । तर तेस्रो खेलमा भारतसँग ८–० को फराकिलो हार ब्यहोर्यो । अन्तिम खेलमा बंगलादेशसँग १–१ गोलको बराबरी खेल्दै नेपाली टिम प्रतियोगिताको फाइनल पुग्न बञ्चित रह्यो ।
भारतले दक्षिण एसियाली फुटबलमा अन्य देशलाई गन्न छाडेको मेघराजको टिप्पणी थियो । उनले भारतीय टिमले साफका प्रतियोगितामा कमजोर टिम पठाउने गरेको टिप्पणी गर्दै साफ फुटबलमा राम्रो नतिजा निकाल्नका लागि सोच्नुपर्ने अवस्था आएको उल्लेख गरे ।
‘भारतले साफमा आफ्नो लेभलमा गन्न छाडिसक्यौ । साफ खेल्दा जुन टिम पठाउँछ, त्यो रियल टिम पठाउँदैन । नेपालसँग खेल्दा उसले अघिल्लो खेलमा भन्दा ८ खेलाडी परिवर्तन गरेको थियो । उनीहरुसँग पर्याप्त खेलाडी छन् । आईएसएल खेलेका खेलाडी थिए ।’ केसीले भने, ‘भारतले चाँही गन्न छाडिसक्यो । हामी साफमा केही रहन्छौं भने फुटबललाई माया गर्नेले के के गर्ने भनेर सोच्ने समय आएको छ ।’
केसीले फुटबल प्रत्येक दिन उन्नत भैरहको बताउँदै हरेक दिन फुटबलमा नविन काम गर्न आवश्यक रहेको बताए । ‘हामी सक्षमनै थियौं । गल्ती भयो । हाम्रो मेहनत पुगेको छैन । तर हामी कमजोर टिम हैनौं ।’ उनले भने, ‘आजको फुटबल आधुनिक फुटबल हो । फुटबल हरेक दिन उन्नत भईरहेको छ । सबै अपग्रेट हुन आवश्यक छ ।’
उनले नेपाली फुटबललाई अन्तराष्ट्रिय स्तरमा फर्काउन कोशिश गरेपनि आफु सफल नभएको बताए । उनले नेपाली फुटबलमा अझै मेहनत र लगानी नपुगेको देखिएको उल्लेख गरे । टिममा क्षमता भएपनि आफुहरुले त्यसलाई प्रमाणित गर्न नसकेको केसीले स्विकार गरे।