पाकिस्तान र अफगानिस्तानको म्याच आज, यस्तो छ सम्भावित–११

काठमाडौं।

यूएईमा जारी एसिया कप क्रिकेटमा आज बुधबार एक खेल हुँदैछ। सुपर चारअन्तर्गत बुधबार हुने खेलमा पाकिस्तान र अफगानिस्तानबीच प्रतिस्पर्धा हुनेछ। शारजाह क्रिकेट मैदानमा हुने खेल नेपाली समयअनुसार साँझ ७ः४५ बजेदेखि सुरु हुनेछ।

दुई पटकको च्याम्पियन पाकिस्तान यस खेलमा पनि जित हात पार्दै फाइनलको सम्भावना बलियो बनाउन चाहन्छ। सुपर चारको पहिलो खेलमा पाकिस्तानले भारतलाई पराजित गरेको थियो।

पहिलो पटकको च्याम्पियन बन्ने लक्ष्यमा रहेको अफगानिस्तान सुपर चारमा पहिलो जित निकाल्दै फाइनलको सम्भावना जीवित राख्न लक्ष्यमा छ। पाकिस्तान र अफगानिस्तानबीच भएका दुई टी–२० खेलेकामा दुवै खेल पाकिस्तानले जितेको छ।

पछिल्लो पटक टी–२० विश्वकप २०२१ मा दुई टोलीबीच प्रतिस्पर्धा भएको थियो। जसमा पाकिस्तानले अफगानिस्तानलाई ५ विकेटले हराएको थियो। प्रतियोगितामा समूहको शीर्ष दुई टोलीले सुपर चारमा स्थान बनाएका हुन्।

समूह ‘ए’ बाट भारत र पाकिस्तान तथा समूह ‘बी’ बाट अफगानिस्तान र श्रीलंका सुपर चारमा पुगेका छन्। सुपर चारमा चारै टोलीले एकअर्काविरुद्ध खेल्ने छन्। त्यसपछि शीर्ष दुई टोलीले फाइनल खेल्नेछ।

पाकिस्तानको सम्भावित प्लेइङ–११

बाबर आजम (कप्तान), मोहम्मद रिजवान (विकेटकिपर), फखर जमान, इफ्तिखार अहमद, खुशदिल शाह, शादाब खान, आसिफ अली, मोहम्मद नवाज, नसीम शाह, हरिस रउफ र मोहम्मद हसनैन।

अफगानिस्तानको सम्भावित प्लेइङ–११

हजरतुल्लाह जाजई, रहमानउल्लाह गुरबाज (विकेटकिपर), ब्राहिम जद्रान, नजिबुल्लाह जद्रान, मोहम्मद नाबी (कप्तान), करिम जनात, राशिद खान, अजमातुल्लाह ओमरजाई, नवीन उल हक, मुजीब–उर–रहमान र फजलहक फारुकी।

Leave A Reply

Your email address will not be published.