सन्दीप र कुशलको वरियता खस्कियो, यस्तो छ हालको स्थान

काठमाडौं ।

नेपाली राष्ट्रिय क्रिकेट टिमका सदस्य दीपेन्द्रसिंह ऐरी आईसीसी टी-ट्वान्टीको अलराउण्डर वरीयतामा यथावत रहेका छन् । अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) ले अपडेट गरेको टी-ट्वान्टीको नयाँ वरीयतामा दीपेन्द्र ९ औं स्थानमा यथावत रहेका हुन् ।

ब्याट्सम्यान कुशल भुर्तेल ब्याटिङ वरीयतामा १ स्थान तल झर्दै ५३ औं स्थानमा रहेका छन् । ब्याटिङतर्फ नै दीपेन्द्र १ स्थान तल झरेर ५८ औं स्थानमा पुगेका छन् । बलिङतर्फ नेपालका कप्तान सन्दीप लामिछाने दुई स्थान घटुवा हुँदै ६० औं स्थानमा झरेका छन् ।

ब्याटिङतर्फ पाकिस्तानका मोहमद रिजवान शीर्ष स्थानमा उक्लिएका छन् । बलिङमा जोस हाजलउड शीर्ष स्थानमा रहदा अलराउण्डरमा शकिब अल हसन शीर्ष स्थानमा छन् ।

नेपाली राष्ट्रिय क्रिकेट टोलीका उपकप्तान रोहित पौडेलले केन्या भ्रमण नेपाली टोलीका लागि उपलब्धि मुलक भएको बताएका छन् । केन्या भ्रमणबाट फर्किएपछि विमानस्थलमा संचारकर्मीसँग कुरा गर्दै रोहितले भ्रमण उपलब्धि मुलक भएको बताएका हुन् ।

रोहितले भ्रमणमा टोलीको गल्ती पहिचानको मौका मिलेको बताए । टिमको ब्याटिङ सुधार भएको समेत उनले बताए। ‘हाम्रो बलिङमा केही समस्या रहेको छ । बिचका ओभरहरुमा विकेट आउन कठिन भईरहेको छ,’ रोहितले भने, ‘ब्याटिङमा समेत राम्रो भएको छ ।’

केन्याविरुद्धको ३ खेलको एकदिवसीय अभ्यास खेलमा पौडेलले नेपालको कप्तानी गरेका थिए । कप्तानको भूमिकामा रहँदा केही जिम्मेवारी बढेपनि सिनियर खेलाडीबाट राम्रो साथ पाएको उनले बताए । ‘कप्तानको रुपमा टिममा रहँदा जिम्मेवारी त बढ्छ नै तर ज्ञानु दाई, दिपि दाईबाट मैले राम्रो साथ पाएको थिए,’ उनले भने ।

नेपालका पूर्व कप्तान ज्ञानेन्द्र मल्लले यस सिरिजले आगामी नोभेम्बरमा नामिबियामा हुने लिग टु का लागि खेलाडीहरुमा आत्मविश्वास बढाएको बताए । ‘उनीहरुको नै घरेलु मैदानमा गएर खेल्नु पर्ने छ । यसमा धेरै चुनौतीहरु रहेको छ ।’ मल्लले भने, ‘यसका लागि तयार रहन खेलाडीहरुलाई यस भ्रमणले थप सहयोग गर्यो ।’

युवा खेलाडी अर्जुन साउदमा राम्रो खेल्ने क्षमता आफुले देखेको समेत मल्लले बताए । केही समय पछि टिममा पुनरागमन गर्दा आफुलाई केही फरक जस्तो लागे पनि सबै निकट रहेकाले आफुलाई असहज नभएको मल्लले बताए ।

Leave A Reply

Your email address will not be published.