काठमाडौं।
नेपाली क्रिकेट टिमका कप्तान सन्दीप लामिछाने अहिले देशबाहिर छन्। उनी हाल क्यारेबियन प्रिमियर लिग (सीपीएल) खेल्ने वेष्ट इन्डिज (जमैका) मा रहेका छन्। केन्यासँगको टी–२० सिरिजपछि उनले सीपीएल खेल्न उतैबाट वेष्ट इन्डिज गएका हुन्।
विदेशमा रहेका सन्दीपमा नेपालमा जब’रजस्ती’कर’णीको आ’रो’प लागेको छ। सो आ’रो’प लागेपछि नेपाली क्रिकेट टिमका कप्तान सन्दीप लामिछानेले नेपाल क्रिकेट संघ क्यानलाई सहयोग गर्न आग्रह गरेका छन्। यसका साथै लामिछानेले आफू नि’र्दो’ष रहेको बताएका छन्।
लामिछानेले कानुनी उपचारका लागि सहयोग गर्न क्यानलाई आग्रह गरेका छन्। सन्दीपले क्यानसँगको कुराकानीमा कानुनी लडाइँ लड्ने बताएका छन्। ‘कानुनी उपचारका लागि सहयोग गर्नुस् भन्ने कुरा भएको छ,’ क्यान सचिव प्रशान्त विक्रम मल्लले भने।
एक १७ वर्षीया बालिकाले जब’रज’स्ती करणी गरेको भन्दै सन्दीपवि’रुद्ध ब’ ला’ त्का’ रको उजुरी दर्ता गरेकी छन् । सन्दीपलाई आरोप लागेको खबर सार्वजनिक भएपछि क्यान अध्यक्ष चतुरबहादुर चन्द बुधबार बेलुका काठमाडौं आइपुगेपछि क्यानका पदाधिकारीबीच छलफल भएको थियो।
प्रहारीले यस विषयमा छा’नबि’ न गरिरहेकोले क्यानले अहिले सन्दीपमाथि कुनै एक्सन लिनेभन्दा पनि छानबिनमा सहयोग गर्ने मल्ले बताए। यस्तै सन्दीप सीपीएलको खेलेर मात्र फर्कने भएका छन्। बुधबार राति भएको जमैका तल्लावाजको खेलमा भने सन्दीपले खेल्न पाएनन्।
यसैबीच सीपीएलअन्तर्गत सेन्ट लुसिया किंग्ससँग जमैका तल्लावाज २ विकेटले पराजित भएको छ। आफ्नो तेस्रो खेलमा जमैकाले दिएको १ सय ६४ रनको लक्ष्य लुसियाले १९.५ ओभरमा ८ विकेट गुमाएर पूरा गर्यो। उसका लागि जोनसन चार्ल्सले शानदार ब्याटिङ गरे। उनले ३९ बलमा ४ चौका र ४ छक्काको मद्दतमा ६२ रन बनाए। त्यस्तै, रोशन प्राइमसले २२, टिम डेविडले २०, डेविड भिसेले अविजित १९ र निरोशन डिकवेलाले १० रनको योगदान दिए।
जमैकाका लागि मोहम्मद आमिरले ३, रेमन रेफर, इमाद वसिमले २–२ र क्रिस ग्रीनले १ विकेट लिए। त्यसअघि सेन्ट लुसियास्थित डारेन स्यामी नेशनल क्रिकेट स्टेडियममा टस हारेर ब्याटिङको निम्तो पाएको जमैकाले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १६३ रन बनाएको थियो। उसका लागि अलराउन्डर रेमन रेफरले उत्कृष्ट पारी खेले।
४१ बलमा उनले ४ छक्का र ४ चौकाको मद्दतमा ६२ रन बनाए। त्यस्तै, इमाद वसिमले २०, ब्रेण्डन किंग र केन्नर लुइसले १९–१९ रन जोडे। लुसियाका लागि स्कट कुग्लाइनले ३, डेविड भिसाले २, जेभर रोयल र अल्जारी जोसेफले १–१ विकेट लिए।
जारी सिजनमा जमैकाको यो पहिलो हार हो। उसले अघिल्लो दुई खेलमा लगातार जित निकालेको थियो। लुसियाको यो पहिलो जित हो। उसले अघिल्ला दुई म्याच हारेको थियो।