हार्नै लागेको म्याच जिताएपछि यस्तो भन्छन् नसीम

काठमाडौं।

अफगानिस्तानसँगको खेलमा आफ्नो टोलीलाई रोमाञ्चक जित दिलाएपछि पाकिस्तानका युवा फास्ट बलर नसिम शाहले प्रतिक्रिया दिएका छन्। शाहले अफगानिस्तानसँगको म्याचमा दुई बलमा लगातार दुई छक्का हिर्काउँदै जिताएका थिए।

उनले छक्का प्रहार गर्न सक्ने आफूमा पूर्ण विश्वास रहेको बताए। लक्ष्य पछ्याउने क्रममा पाकिस्तानी टोलीलाई अन्तिम ओभरमा ११ रन आवश्यक थियो। उसको ९ विकेट खसेको थियो। पाकिस्तानसँग ठूला ब्याट्सम्यान नभएकाले यहाँबाट अफगानिस्तानको जित लगभग निश्चित देखियो। तर शाहले २०औं ओभरको पहिलो दुई बलमा छक्का प्रहार गर्दै खेल जिताए। उनी जितका हिरो बने। सबैले उनको धेरै तारिफ गरिरहेका छन्।

खेलपछि शाहले प्रतिक्रिया दिँदै भने, ‘जब म ब्याटिङ गर्न आएँ, म ती छक्का प्रहार गर्न सक्छु भन्ने आत्मविश्वास थियो। मैले अभ्यास गरें। मलाई थाहा थियो कि उसले योर्कर बल गर्नेछ र त्यही अनुसार मैले मेरो शट खिचेँ। मैले पहिले पनि भनेको थिएँ कि हामीले आफैंमा विश्वास गर्नुपर्छ र हामी हिट गर्न सक्छौं। हामी नेटमा प्रशिक्षण पनि गर्छौं र त्यसैले हामी आफैंमा विश्वास गर्यौं।’

पाकिस्तानको जितमा लागि सादाब खानले ३६ रन तथा इफदिकार अहमदले ३० रन बनाए। मोहम्मद रिजवानले २० तथा आसिफ अलिले १६ रन बनाए। नशिम शाहले अविजित १४ रन बनाए। फकर जमामले ५ तथा मोहम्मद नवाजले ४ रन बनाए। अफगानस्तानका लागि फैजल फारुकि र फरिक अहमदले समान ३/३ तथा रशिद खानले २ विकेट लिए।

त्यसअघि शारजाह क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङको मौका पाएको अफगानिस्तानले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय २९ रन बनायो। उसका लागि इब्राहिम जद्रानले ३५, हजरतुल्लाह जाजईले २१, राशिद खानले नटआउट १८, रहमानउल्लाह गुरबाजले १७, करिम जनातले १५, नजिबुल्लाह जद्रान १० रनमा आउट हुँदा अजमातुल्लाह ओमरजाई १० रनमा अविजित रहे। कप्तान मोहम्मद नाबी भने शून्य रनमा बोल्ड भए।

पाकिस्तानका लागि हरिस रउफले २ तथा मोहम्मद हसनैन, नसीम शाह, मोहम्मद नवाज र शादाब खानले १–१ विकेट लिए। पाकिस्तानको जितसँगै श्रीलंका पनि फाइनलमा पुगेको छ।  भरत र अफगानिस्तान प्रतियोगिताबाट बाहिरिएका छन्।  बिहीबार भारत र अफगानिस्तानबीच अन्तिम खेल हुनेछ। शुक्रबार पाकिस्तानले श्रीलंकासँग खेल्नेछ। एसिया कपको फाइनल आइतबार हुनेछ। जहाँ पाकिस्तान र श्रीलंका भिड्नेछन्।

Leave A Reply

Your email address will not be published.