कुशलले पाकिस्तानको क्रिकेट लिग खेल्ने, यो टिममा भए अनुबन्ध

काठमाडौं।

नेपालका अलराउण्डर कुशल मल्लले पाकिस्तान जुनियर क्रिकेट लिग(पीजेसीएल)खेल्ने भएका छन् । पीजेसीएलको ड्राफ्टबाट कुशललाई ग्वादार शार्कले अनुबन्ध गरेको छ । कुशललाई छैटौं चरणमा शार्कले अनुबन्ध गरेको हो।

यस लिगमा विश्वका यू-१९ टिमका खेलाडीहरुले खेल्ने छन् । १८ वर्षीय कुशलले नेपालका लागि ८ एकदिवसीय तथा १५ टी-ट्वान्टी अन्तराष्ट्रिय खेलेका छन् ।

कुशलले कम उमेरमा एकदिवसीय अन्तराष्ट्रियमा शतक समेत बनाएका थिए । कुशल यस अघि यूएईमा आयोजना हुने टी १० लिगमा समेत सहभागी रहेका थिए ।

अष्ट्रेलियाका पूर्व बलर ब्रेट ली नेपाल आईपुगेका छन् । नेपाल क्रिकेट संघ (क्यान) ले फ्रेन्चाइज क्रिकेट प्रतियोगिता नेपाल टी-ट्वान्टी लिगका लागि ब्रेट ली नेपाल आएका हुन् । तीव्र गतिका बलर ब्रेट ली नेपाल टी-ट्वान्टी लिगको एम्बेस्डर हुन् ।

उनले अष्ट्रेलियाका लागि ७६ टेस्ट र २ सय २१ एकदिवसीय खेलेका थिए । पहिलो संस्करणको प्रतियोगितामा ६ टोलीले प्रतिस्पर्धा गर्नेछन् । प्रतियोगिता असोज ८ देखि कात्तिक ५ गतेसम्म आयोजना हुनेछ । पहिलो संस्करणमा कान्तिपुर क्यापिटल, लुम्बिनी अल स्टार्स, विराटनगर सुपर किङ्स, जनकपुर रोयल्स, पोखरा एभेन्जर्स र फारवेस्ट युनाईटेडले प्रतिस्पर्धा गर्ने छन् ।

Leave A Reply

Your email address will not be published.