सन्दीपका विषयमा क्यानले लियो यति ठूलो निर्णय

काठमाडौं।

नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेलाई नि’ल’म्बित गरेको छ। क्यानले बिहीबार सन्दीपलाई नि’लम्ब’न गरिएको जनाएको छ। ना’बालि’गलाई ब’ला’ त्कारको आ’रो’प लागेपछि सन्दीपविरुद्ध प’क्रा’उ पु’र्जी जारी भएपछि क्यानले सन्दीपलाई नि’लम्बन गरेको हो ।

काठमाडौं जिल्ला अदालतले बिहीबार सन्दीपविरुद्ध प’क्रा’उ पुर्जी जारी गरेको थियो। सन्दीपविरुद्ध अनुसन्धानका लागि प’क्रा’उ पु’र्जी जारी गरिएको हो । प्रहरी बृत्त गौशालामा मंगलबार एक बालिकालाई ब’ला’त्कार गरेको भन्दै सन्दीपविरुद्ध उजुरी परेको थियो ।

सन्दीपले काठमाडौंकी १७ वर्षीया ना’बालिगलाई भदौ ५ गते भक्तपुरको नगरकोट पुर्‍याएपछि काठमाडौंको एक होटलमा ल्याएर रातको समय जब’र्जस्ती कर’णी गरेको जाहेरीमा उल्लेख छ ।

सन्दीप भने हाल वेस्ट इन्डिजमा रहेका छन् । सन्दीप जमैका तालाबाजबाट क्यारेबियन प्रिमियर लिग खेल्न वेस्ट इन्डिज पुगेका हुन् । त्यसअघि उनले केन्याविरुद्ध नेपालको टी-ट्वान्टी अन्तराष्ट्रिय सिरिजमा कप्तानी गरेका थिए ।

क्यानले गत वर्षको मंसिरमा सन्दीपलाई कप्तान नियुक्त गरेको थियो । क्यानको बोर्ड बैठकले ज्ञानेन्द्र मल्ललाई कप्तानबाट हटाएर सन्दीपलाई कप्तानी दिएको थियो ।

नेपालका अलराउण्डर कुशल मल्लले पाकिस्तान जुनियर क्रिकेट लिग(पीजेसीएल)खेल्ने भएका छन् । पीजेसीएलको ड्राफ्टबाट कुशललाई ग्वादार शार्कले अनुबन्ध गरेको छ । कुशललाई छैटौं चरणमा शार्कले अनुबन्ध गरेको हो।

यस लिगमा विश्वका यू-१९ टिमका खेलाडीहरुले खेल्ने छन् । अष्ट्रेलियाका पूर्व बलर ब्रेट ली नेपाल आईपुगेका छन् । नेपाल क्रिकेट संघ (क्यान) ले फ्रेन्चाइज क्रिकेट प्रतियोगिता नेपाल टी-ट्वान्टी लिगका लागि ब्रेट ली नेपाल आएका हुन् । तीव्र गतिका बलर ब्रेट ली नेपाल टी-ट्वान्टी लिगको एम्बेस्डर हुन् ।

उनले अष्ट्रेलियाका लागि ७६ टेस्ट र २ सय २१ एकदिवसीय खेलेका थिए । पहिलो संस्करणको प्रतियोगितामा ६ टोलीले प्रतिस्पर्धा गर्नेछन् । प्रतियोगिता असोज ८ देखि कात्तिक ५ गतेसम्म आयोजना हुनेछ । पहिलो संस्करणमा कान्तिपुर क्यापिटल, लुम्बिनी अल स्टार्स, विराटनगर सुपर किङ्स, जनकपुर रोयल्स, पोखरा एभेन्जर्स र फारवेस्ट युनाईटेडले प्रतिस्पर्धा गर्ने छन् ।

Leave A Reply

Your email address will not be published.