काठमाडौं ।
नेपालको आधिकारिक फ्रेन्चाइज क्रिकेट प्रतियोगिता नेपाल टी–२० लिगमा सहभागिता जनाउने ६ टोलीले मार्की खेलाडी अनुबन्ध गरेको छ। नेपाल क्रिकेट संघ (क्यान) ले खेलाडी ड्राफ्टबाट शनिबार ६ टोलीले पहिलो चरणमा मार्की खेलाडी अनुबन्ध गरेको जनाएको हो।
पहिलो संस्करणको प्रतियोगितामा काठमाडौं कान्तिपुर, लुम्बिनी अल स्टार्स, विराटनगर सुपर किङ्स, जनकपुर रोयल्स, पोखरा एभेन्जर्स र फारवेस्ट युनाइटेडले प्रतिस्पर्धा गर्ने छन्। काठमाडौं कान्तिपुरले मार्की खेलाडीमा ज्ञानेन्द्र मल्ल, लुम्बिनीले दीपेन्द्रसिंह ऐरी र विराटनगरले मार्की खेलाडीमा रोहितकुमार पौडेललाई अनुबन्ध गरेको छ ।
यस्तै, जनकपुरले सोमपाल कामी, पोखराले आसिफ शेख र फारवेस्टले करण केसीलाई मार्की खेलाडी चयन गरेको छ। ड्राफ्टबाट ६ वटै टोलीले ‘ए’ श्रेणीका खेलाडीलाई १५ लाखमा मार्की खेलाडीको रुपमा अनुबन्ध गरेको हो। यस्तै, पोखराले ‘ए’ श्रेणीका खेलाडी शरद भेषवाकरलाई अनुबन्ध गरेको छ। पोखराले भेषवाकरलाई १५ लाखमा किनेको हो।
पहिलो दिन ‘ए’ श्रेणीका पाँच खेलाडी भने बिकेनन्। विनोद भण्डारी, अविनास बोहरा, आरिफ शेख, कुशल भुर्तेल र सुबास खकुरेल नबिकेका हुन्। उनीहरु ‘बी’ श्रेणीमा झरेका छन्। बाँकी ९२ जनाको ड्राफ्ट आइतबार हुनेछ। ग्रेड ‘बी’ र ‘सी’ को ड्राफ्टबाट आइतबार खेलाडी अनुबन्धित गरिनेछन्।
हरेक टिमले ११ जना खेलाडी लिनेछन्।। आरिफ शेख, कुशल भुर्तेल, विनोद भण्डारी, अविनाश बोहरा र सुवास खकुरेल बी क्याटेगोरीमा झरेका छन्। ग्रेड बी मा उनीहरुलगायत अमित श्रेष्ठ, अनिल कुमार साह, अर्जुन कुमाल, अर्जुन साउद, बसिर अहमद, भीम शार्की, भुवन कार्की, विवेक कुमार यादव, विक्रम सोब, देव खनाल, दिलिप नाथ, गुल्शन कुमार झा, हरि शंकर साह, जितेन्द्र कुमार मुखिया छन्।
यसैगरी, कमलसिंह ऐरी, किशोर महतो, कुशल मल्ल, ललित नारायण राजवंशी, लोकेश बम, आदिल आलम, नन्दन यादव, पवन सर्राफ, प्रदीप ऐरी, प्रतिस जिसी, पृथु बास्कोटा, राजेश पुलामी मगर, रशिद खान, सागर ढकाल, सन्दीप जोरा, शाहब आलम, सिद्धान्त लोहनी र सुशन भारी पनि ग्रेड बी मा परेका छन्।
यसैगरी, ग्रेड सी मा आदिल खान, अभिषेक बस्नेत, आकाश चन्द, अमरसिंह रौटेला, अनिल खरेल, अनुज कुमार चुनरा, बसन्त कार्की, विवेक कुमार राना मगर, विपिन रावल, विपिन खत्री, विशाल विक्रम केसी, दीपेश श्रेष्ठ, दुर्गेश गुप्ता, गौतम केसी, हरिबहादुर चौहान, हसिम अन्सारी, इसान पाण्डे, खडकबहादुर बोहरा, कृष्ण कार्की परेका छन्।
ललित भण्डारी, मन्जित श्रेष्ठ, नारायण जोशी, प्रकाश जैसी, रवि शाह, रविन्द्र भण्डारी, राहुल भण्डारी, राजु रिजाल, रामनरेश गिरी, रिजन ढकाल, रित गौतम, सागर पुन, सन्दीप रिजाली, सन्दीप सुनार, सन्तोष कार्की, सौरभ खनाल, शंकर राना, शेर मल्ल, सोनु तामाङ, सुभेन्दु पाण्डे, सुमित महर्जन, सुमन गौतम, सुनिल धमला, सूर्य तामाङ, तिलकराज भण्डारी, त्रितराज दास, तुल बहादुर थापा, योगेन्द्रसिंह कार्की र कुमार थापा पनि ग्रेड सी मा परेका छन्।
प्रतियोगितामा ए ग्रेडका खेलाडीले १५ लाख, बी ग्रेडका १० लाख र सी ग्रेडका ५ लाख रुपैयाँ पाउने छन्। एक टोलीमा ११ नेपाली खेलाडी र ५ विदेशी खेलाडी राख्दै टिम निर्माण गर्नुपर्ने हुन्छ। पहिलो संस्करणको नेपाल टी–२० लिग असोज ८ देखि कात्तिक ५ गतेसम्म आयोजना हुनेछ।