काठमाडौं ।
एएफसी यू-२० एसियन कप छनोटको आफ्नो पहिलो खेलमा नेपालले अहिले भुटानसँग प्रतिस्पर्धा गरिरहेको छ । बहराइनको शेख अलि बिन मोहमद अल खालिफा स्टेडियममा जारी खेलको पहिलो हाफ सकिदा नेपालविरुद्ध भुटानले १-० गोलको अग्रता बनाएको छ ।
खेलको ३३ औं मिनेटमा भुटानका सोनाम छोझाङले गोल गर्दै भुटानलाई सुरुआती अग्रता दिलाएका हुन् । छनोटको समूह ‘बी’ मा रहेको नेपाल आज भुटानलाई हराएर सुखद सुरुआत गर्ने योजनामा रहेको छ ।
भुटान पनि नेपाललाई हराएर विजयी सुरुआत गर्न चाहन्छ । नेपालको समूहमा भुटानसँगै कतार, बहराइन र बंगालादेश छन्। यस्तै नेपालले दोस्रो खेलमा सोमबार कतारसँग खेल्नेछ ।
नेपालले बिहीबार बहराइनसँग खेल्दा अन्तिम खेलमा बंगलादेशसँग अर्को हप्ताको आइतबार खेल्नेछ । समूह विजेताले सन् २०२३ मा उज्वेकिस्तानमा आयोजना हुने यू-२० एसियन कपमा स्थान बनाउने छन् ।
टी–२० लिगमा १५–१५ लाखमा बिक्री भए यी ७ स्टार क्रिकेटर
नेपाल टी-२० लिगको मार्की प्लेअर घोषणा गरिएको छ। पहिलो पटक आयोजना हुन लागेको टी-२० लिगका लागि नेपाल क्रिकेट संघ (क्यान)ले शनिबार ६ टिमका लागि मार्की प्लेअर छानेको हो।
पोखरा एभेन्जर्समा आरिफ शेख, लुम्बिनी अल स्टारमा दिपेन्द्रसिंह ऐर, कान्तिपुर क्यापिटलमा ज्ञानेन्द्र मल्ल, फार वेस्टर्स युनाइटेडमा करण केसी, विराटनगर सुपर किंग्समा रोहित कुमार पौडेल र जनकपुर रोयल्समा सोमपाल कामी मार्की खेलाडीका रुपमा अनुबन्धित भएका छन्।
उनीहरुलाई जनही १५ लाख रुपैयाँमा अनुबन्धन गरिएको हो। उनीहरु ए क्याटागोरीबाट छानिएका हुन्। पोखराले ड्राफ्टबाट क्याटेगोरी ए का अर्का खेलाडी शरद भेषावकरलाई पनि अनुबन्ध गरेको छ। पोखराले शरदलाई १५ लाखमा अनुबन्ध गरेको हो।
शनिबार ७ खेलाडी अनुबन्ध भएका छन्। बाँकी खेलाडीको अनुबन्ध प्रक्रिया आइतबार हुनेछ। ग्रेड ‘बी’ र ‘सी’ को ड्राफ्टबाट आइतबार खेलाडी अनुबन्धित गरिनेछन्। हरेक टिमले ११ जना खेलाडी लिनेछन्।। आरिफ शेख, कुशल भुर्तेल, विनोद भण्डारी, अविनाश बोहरा र सुवास खकुरेल बी क्याटेगोरीमा झरेका छन्।
ग्रेड बी मा उनीहरुलगायत अमित श्रेष्ठ, अनिल कुमार साह, अर्जुन कुमाल, अर्जुन साउद, बसिर अहमद, भीम शार्की, भुवन कार्की, विवेक कुमार यादव, विक्रम सोब, देव खनाल, दिलिप नाथ, गुल्शन कुमार झा, हरि शंकर साह, जितेन्द्र कुमार मुखिया छन्।
यसैगरी, कमलसिंह ऐरी, किशोर महतो, कुशल मल्ल, ललित नारायण राजवंशी, लोकेश बम, आदिल आलम, नन्दन यादव, पवन सर्राफ, प्रदीप ऐरी, प्रतिस जिसी, पृथु बास्कोटा, राजेश पुलामी मगर, रशिद खान, सागर ढकाल, सन्दीप जोरा, शाहब आलम, सिद्धान्त लोहनी र सुशन भारी पनि ग्रेड बी मा परेका छन्।
यसैगरी, ग्रेड सी मा आदिल खान, अभिषेक बस्नेत, आकाश चन्द, अमरसिंह रौटेला, अनिल खरेल, अनुज कुमार चुनरा, बसन्त कार्की, विवेक कुमार राना मगर, विपिन रावल, विपिन खत्री, विशाल विक्रम केसी, दीपेश श्रेष्ठ, दुर्गेश गुप्ता, गौतम केसी, हरिबहादुर चौहान, हसिम अन्सारी, इसान पाण्डे, खडकबहादुर बोहरा, कृष्ण कार्की परेका छन्।
ललित भण्डारी, मन्जित श्रेष्ठ, नारायण जोशी, प्रकाश जैसी, रवि शाह, रविन्द्र भण्डारी, राहुल भण्डारी, राजु रिजाल, रामनरेश गिरी, रिजन ढकाल, रित गौतम, सागर पुन, सन्दीप रिजाली, सन्दीप सुनार, सन्तोष कार्की, सौरभ खनाल, शंकर राना, शेर मल्ल, सोनु तामाङ, सुभेन्दु पाण्डे, सुमित महर्जन, सुमन गौतम, सुनिल धमला, सूर्य तामाङ, तिलकराज भण्डारी, त्रितराज दास, तुल बहादुर थापा, योगेन्द्रसिंह कार्की र कुमार थापा पनि ग्रेड सी मा परेका छन्।