काठमाडौं।
आईसीसी एकदिवसीय विश्वकप २०२३ को छनोटका रुपमा रहेको आईसीसी विश्वकप लिग टू अन्तर्गत पपुवा न्यु गिनी(पीएनजी) र अमेरिकाबीचको खेल ‘टाइ’ भएको छ । अमेरिकाले दिएको २ सय ६ रनको लक्ष्य पछ्याएको घरेलु टोलीले ४५ ओभर ५ बलमा २ सय ५ रन जोडेपछि खेल ‘टाइ’ भएको हो ।
घरेलु टोलीका लागि सेसे बाउले ७० रनको अर्धशतकीय इनिङ खेले । कप्तान असाद भालाले ४० तथा लिगा सिआका र नोर्मान भानुवाले समान १७/१७ रन बनाए । चाल्र्स अमिनीले १३ तथा चाड सोपरले १६ रन बनाए ।
अमेरिकाका लागि स्टेभन टेलर, सौरभ नेत्राभाल्कर तथा नोथुस केन्जीगिले समान २/२ विकेट लिए । जिसी सिंह, क्यामरोन स्टेभसन,निसार्ग पटेल,जसकरन मलहोत्राले समान १/१ विकेट लिए । त्यसअघि पहिले ब्याटिङ गरेको भ्रमणकारी टोलीले ४७ ओभरमा अलआउट हुँदै २ सय ५ रन बनाएको थियो ।
उसका लागि गजानन्द सिंह तथा जसकरण मलहोत्राले अर्धशतकीय इनिङ खेले । सिंहले ५८ तथा मलहोत्राले ५३ रन बनाए । निसर्ग पटेलले २४ तथा जिसी सिंहले १७ रन बनाए । नोसथुश केन्जीगिले १५ तथा कप्तान मोनाक पटेलले १२ रन बनाए ।
घरेलु टोलीका लागि सिमो कमिअले ३ तथा डामिन रभु र चाड सोपारले समान २/२ विकेट लिए । सिसि बाउ,चार्स अमिनि र नर्मन भानुवाले समान १/१ विकेट लिए । खेल टाइ भएसँगै अमेरिका २९ खेलमा २९ अंक सहित अंक तालिकाको तेस्रो स्थानमा रहेको छ ।
पपुवा न्यु गिनी भने २१ खेलमा ३ अंक सहित पुछारमा रहेको छ । ७ टोली सहभागी यस लिग टूका शीर्ष तीन टोलीले विश्वकप छनोटमा स्थान बनाउँदा बाँकी ४ टोलीले भने विश्वकप छनोट प्लेअफ खेल्नेछ । पपुवा न्यु गिनीमा आइतबार बाट सुरु यस त्रिकोणात्मक सिरिजमा घरेलु टोलीको साथै अमेरिका तथा नामिबिया सहभागी रहेका छन् ।
अंक तालिका :